28.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानले युक्रेनलाई १० करोड बराबरको आकस्मिक राहत सहयोग गर्ने प्रधानमन्त्री फुमिओ किशिदाको...

जापानले युक्रेनलाई १० करोड बराबरको आकस्मिक राहत सहयोग गर्ने प्रधानमन्त्री फुमिओ किशिदाको भनाई

६ मार्च २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-जापान सरकारले युक्रेनलाई १० करोड बराबरको आकस्मिक राहत सहयोग तयारी गरेका छन।
गएको हप्तायता रूसले युक्रेनमाथि आक्रमण तीब्र बनाईरहेको समयमा जापान सरकारले सरकारी विमानबाट त्यसतर्फ राहत सामाग्री पठाउनेबारे बिचार गरिरहेका छन।
अन्तर्राष्ट्रिय संघ संस्थाहरूको सहकार्यमा १० करोड डलर बराबरको आकस्मिक मानबीय सहायता युक्रेन तर्फ पठाउने युक्रेन प्रति एकता देखाउॅंदै प्रधानमन्त्री फुमिओ किशिदाले ब्यक्त गरेका छन।
बितिया सहायता महत्वपूर्ण भएता पनि सामाग्री पनि बिकल्प हुन सक्ने किशिदाले पत्राकार सम्मेलनमा भनेका छन।
पहिलो किस्तामा खाद्यान्न,सरसफाई,स्वस्थ्य सामाग्री र न्याना कपडा लगायतका समानहरू आत्म रक्षा बलको स्वमित्वमा रहेका आकस्मिक सामानहरू पठाउन सकिने छ।बुलेट प्रुफ भेष्ट पठाउन सकिन्छ कि भनेर सरकारले अध्ययन गरिरहेको बताईएको छ।
आत्म रक्षा बलको विमानमा सामानहरू युक्रेनको छिमेकी देश पोल्यान्डलाई दिने र त्यहांबाट ता सामाग्री युक्रेनलाई उपलब्ध गराउने बिचार पनि सरकारले गरिरहेको छ र यो योजनालाई छिट्टै अन्तिम रूप दिईने अपेक्षा गरिएको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्