24.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध १० सिम्ले वस्तिमा श्री सिद्धेस्वर महादेव मन्दिरको उद्घाटन

नमोबुद्ध १० सिम्ले वस्तिमा श्री सिद्धेस्वर महादेव मन्दिरको उद्घाटन

२१ फाल्गुन २०७८


काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं १० को सिम्ले वस्तिमा श्री सिद्धेस्वर महादेव मन्दिरको उद्घाटन भएको छ । शिवरात्री मेलाको अवसर पारेर सो मन्दिरको उद्घाटन गरेको हो ।

नमोबुद्ध नगरपालिका अन्तर्गत १० नं वडाको सिलिङ बजेटबाट तीन लाख पचार हजार र अन्य संघ संस्था तथा व्यक्तिहरुबाट आर्थिक संकलन गरि उक्त मन्दिरको निर्माण सम्पन्न भएको हो ।

मंगलवार सम्पन्न मन्दिर उद्घाटन कार्यक्रममा १० नं वडाका वडाध्यक्ष राम कृष्ण अधिकारी ,युवा व्यवसायी तथा नेता टीका बहादुर लामा(दावा), नेपाली कांग्रेसका नेता सन्तमान तामाङ लगायत अन्य स्थानिय नेता लगायत स्थानिय वासिको बाक्लो उपस्थि रहेका थिए ।

आफ्नो घर आंगनमा यसरी नयाँ संरचना मन्दिर निर्माण कार्य सम्पन्न भएर उद्घाटन गर्न पाएकोमा सिम्लेवासी र सिङ्गो वडावासीले खुशी व्यक्त गरेका थिए ।

मन्तव्यको क्रममा प्रमुख अतिथी रहेका वडाध्यक्ष रामकृष्ण अधिकारीले आफू निर्वाचित जनप्रतिनिधि हुंदा र नहुंदा सधैं यस भेगको बिकास निर्माणमा चासोको साथ लागिपरेको र आगामी दिनहरुमा पनि लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्माण सम्मपन्न उक्त मन्दिरको संरक्षणको पुर्ण जिम्मा सिम्लेवासिको रहेको हुंदा यसलाई सधैं संरक्षण र सम्बर्द्धन गर्नको लागि सिम्लेवासिलाई अनुरोध समेत गरेका थिए ।

मन्दिर निर्माणको लागि स्थानिय फुल कुमारी कार्कीले जग्गा दान गरेका थिए भने उक्त जग्गा छिट्टै नै गुठी निर्माण गरि गुठिको नाममा पास गरिदिने समेत घोषणा गरेका थिए ।

मन्दिर बनाएर बांकी रहेको केही रकम र नपुग रकम पु:न संकलन गरि मन्दिर छेउमा पाट्टी निर्माण गर्ने भएको हुंदा सो दिन पाट्टिको शिलान्यास समेत गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्