24.1 C
Kathmandu

ब्रेकिङ समाचार१४ लाख येन सहित भट्टराई थरका एक नेपाली बिमानस्थलबाट पक्राउ

१४ लाख येन सहित भट्टराई थरका एक नेपाली बिमानस्थलबाट पक्राउ

४ मार्च २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-१४ लाख येन सहित भट्टराई थरका एक नेपाली त्रिभुवन बिमानस्थलबाट पक्राउ परेका छन।
मंगलबार दिउॅंसो काठमण्डौंको त्रिभुवन बिमानस्थलबाट सिङ्गापुर एयरलाइन्सको विमानमार्फत जापान आउन लागेको भट्टराईसंग १४ लाख येन सहित पक्राउ परेका हुन। उनीसंग संग भएको ती रकमको स्रोत नखुलेको बताईएको छ।
उनले ती रकम बैधानिक रूपमा सटही गरेको कागजपत्र देखाउन नसकेपछि उनी पक्राऊ गरिएको बिमैनस्थलका प्रहरी हिमालयन श्रेष्ठले बताएका छन।उनी श्रम भिषामा जापान आउॅंदै थिए।
भट्टराईको साथमा उनको श्रीमती पनि जापान आउॅंदै थिईन। पक्राऊ परेपछि उनकी श्रीमती विमानस्थलबाट फर्किएकी छिन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्