27.1 C
Kathmandu

अन्तर्राष्ट्रियआजबाट जापान प्रबेश खुल्यो,दैनिक ५ हजार ब्यक्तिले प्रबेश पाउने

आजबाट जापान प्रबेश खुल्यो,दैनिक ५ हजार ब्यक्तिले प्रबेश पाउने

१ मार्च २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-जापानले आज मार्च १ देखि आफ्नो सिमामा नियन्त्रण खुकुलो पारेको छ। यस संगै पर्यटनबाहेक अन्य प्रयोजनका लागि आउने बिदेशी आगन्तुकहरूको प्रबेश पुनःशुरू भएको छ।
जापान सरकारले गत बर्षको नोभेम्बरको अन्त्यमा कोरोना भाईरसको संक्रमक प्रकार ओमिक्रोनका कारण सिमामा कठोर नियन्त्रण लागु गरेको थियो।
मंगलबार देखि ब्यवसायिक प्रयोजनका लागि ३ महिना भन्दा कम समय बस्न चाहाने मानिसका साथै बिद्यार्थी र प्रबिधिक प्रशिक्षार्थीहरूले प्रबेशको अनुमति पाएका छन। प्रायोजक कम्पनी वा विद्यालयहरूले सम्बन्धित आगन्तुकको लागि अनलाईन आवेदन दिएर अगाडि नै भिषा स्क्रिनिङ पूरा गराउनु पर्ने छ।
सरकारले सावधानी अपनाउॅंदै आगन्तुकहरूको दैनिक संख्या बढ्ने अपेक्षा गरिएको छ।मंगलबार देखि सुरूहुने गरी दैनिक आगन्तुकको सीमा ३ हजार ५०० बाट बढाएर ५ हजार पूर्याईएको छ।
बिगत २ बर्ष अघि भिषा पाएका र जापान छिर्न नपाएका बिदेशीहरू ४ लाख आसपास रहेको अनुमान गरिएको छ।अहिलेको दैनिक सिमा हेर्दा ती सबै जापान प्रबेश गर्न केही समय लाग्ने देखिएको छ।
सेल्फ आईसोलेशनका उपायहरू पनि खुकुलो पारिएका छन।प्रबेश गरेको दिन दिनमा कोरोना भाईरसको परिक्षणको नतिजा नकारात्मक आयो भने आगन्तुकहरू ७ दिन सेल्फ आईसोलेसनमा बस्नु पर्दैन।ओमिक्रोन हटस्पट नभएका देश तथा क्षेत्रबाट आएका कोभिड विरूद्वको खोप बुष्टर मात्र लगाएका आगन्तुकहरूलाई क्वारेन्टाईनमा छुट छ।
संङ्क्रमण अहिले घटेको कारण जापानले सीमा नियन्त्रण खुकुलो बनाएको हो। तर संङ्क्रमण बढ्न थालेपछि केही नियन्त्रण पुनःशुरू गर्न आफूहरू तयार रहेको अधिकारीहरूले बताएका छन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्