१५ फाल्गुन २०७८
काठमाडौ । आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले अमेरिकि सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट पारित गरेको छ ।
प्रतिनिधिसभाको बैठकम एमसीसी सम्झौता संग सम्बन्धित उठेका प्रश्नहरुलाई समेटेर १२ बुंदे घोषणा प्रस्ताव गरेका थिए भने संसदले उक्त प्रस्तावलाई एमसीसी सम्झौतासंगै पास गरेको छ ।
असोज ८ गते टेबल भएको एमसीसी सम्बन्धमा सत्तारुढ दल कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेका छ्न भने माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरु विभाजित भएका छ्न ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले एमसीसी अनुमोदन प्रकृयामा नै भाग लिएनन् ।