फेब्ररी १२ २०२२/कुङगा होईसेर(दिपक)तामाङ
जापान-जापान सरकारले आगामी मार्चबाट नवप्रबेशी अन्तराष्टिय बिद्यार्थी तथा व्यवसायीहरूलाई जापान प्रबेश खुल्ला गर्ने भएको छ।
पहिलो चरणमा प्रति दिन १ हजार जना बिजनेश ट्रबलर र बिद्यार्थीहरूलाई जापान प्रबेश दिईने र जसलाई क्रमिक रूपमा बढाईने छ।
सरकारी स्तरबाट यस बिषयमा आधिकारिक जानकारी आईसकेको छैन तर निक्केई अनलाईनले निकटतम सरकारी स्रोतहरूमार्फत पाएको जानकारी र बिश्लेषणको आधारमा खबर प्रकाशित गरेको छ।