22.1 C
Kathmandu

कला/ साहित्यअभिषेक तामाङको'ल्होछारला ज्याबाडन्बा'गीतमा चन्द्रकुमार दोङ,कुमार मोक्तान र चांदनी मोक्तान एक साथमा

अभिषेक तामाङको’ल्होछारला ज्याबाडन्बा’गीतमा चन्द्रकुमार दोङ,कुमार मोक्तान र चांदनी मोक्तान एक साथमा

३ माघ २०७८/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-गायक अभिषेक तामाङको’ल्होछारला ज्याबाडन्बा’नामक ल्होछारसम्बन्धी गीतमा गायक तथा संगीतकार चन्द्रकुमार दोङ,तामाङ चलचित्र क्षेत्रका चर्चित नायक कुमार मोक्तान र चर्चित नायिका चांदनी मोक्तान एक साथ एउटै पर्दामा देखा पर्दै छन।


कुमार स्याङ्बाको शब्द रहेको उक्त गीत गायक तथा संगीतकार चन्द्रकुमार दोङले संगीत गरेको हुन भने अभिषेक तामाङको स्वर संगै गायिका ईन्दिरा गोलेले साथ दिएकी छिन।

प्रदिप ङ्यसुरको नृत्य निर्देशनमा रहेको उक्त भिडियोमा चर्चित नायक कुमार मोक्तान,सागर घिसिङ र लाक्पा लामा दोङको साथमा तामाङ चलचित्र क्षेत्रका नायिका चांदनी मोक्तान,मोडेल याङ्गी दोङ अनिता गोले र पूर्णिमा थोकर को अभिनय रहेको उक्त गीतको भिडियो को छायांङ्कन कार्य सम्पन्न भएको छ।त्यस्तै गायक तथा संगीतकार चन्द्रकुमार दोङ भने अतिथि कलाकारको रूपमा देखा परेका छन।

 

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्