२७ पौष २०७८,
काठमाडौ । काभ्रे तेमाल गाउंपालिका वडा नं.९ का २१ बर्षीया रबिन तामाङलाई युवा अवस्थामै ब्लड क्यान्सर लागेपश्चात बिगत १ बर्ष देखि उपचारको क्रममा रहेको छ । तामाङ हाल पाटन अस्पतालमा उपचाररत छन् ।

शनिबार ब्लड क्यान्सर पीडित रबिन तामाङ बचाउ अभियान सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम–२०७८ सम्पन्न भएको छ । गत १ महिना देखी बज्रशक्ति एकता समाज र छोर्वाला काई रेडियो घेताङले सञ्चालन गरेको उक्त संयुक्त अभियान बाट संकलित रकम आईतवार पत्रकार सम्मेलन मार्फ सार्वजनिक गरे संगै पीडितलाई हस्तान्तरण गरिएको छ ।


आईतवार भक्तपुरको माउटेन कन्सल्टेन्सिमा पत्रकार सम्मेलनका बीच अभियानमार्फत संकलन भएको रकम ३७ लाख ८९ हजार २ सय ७० रुपैयां पीडितलाई हस्तान्तरण गरिएको हो ।