24.1 C
Kathmandu

ब्रेकिङ समाचारसत्तारुढ गठबनधनलाई एमाले काभ्रेको अधिवेशन जस्तो आम सभा गरेर देखउन चुनौती दिए...

सत्तारुढ गठबनधनलाई एमाले काभ्रेको अधिवेशन जस्तो आम सभा गरेर देखउन चुनौती दिए केपी वलीले

२४ पौष २०७८/छेडुप तामाङ,
काभ्रे
। नेकपा एमालेका अध्यक्ष केपी वलीले काभ्रे नेकपा (एमाले) को दाशौं अधिवेशनलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धबन्धनका पांच दललाई संयुक्त रुपमा नेकपा (एमाले) काभ्रे को जिल्ला अधिवेशन जस्तो आम सभा गरेर देखाउन चुनौती दिएका छन् ।

नेकपा (एमाले) काभ्रेको दशौं अधिवेशनको उद्घाटन समारोह शुक्रवार सम्पन्न भएको छ । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी वलीको प्रमुख आतिथ्यता तथा नेकपा (एमाले) पोलुटव्युरो सदस्य गोकुल बास्कोटाको बिशेष आतिथ्यतामा सम्पन्न दशौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रेशम लामा लगायतका काभ्रेबाट नेकपा एमालेबाट निर्वाचीत माननीयहरु लगायत एमाले काभ्रेका नेता तथा स्थानिय जनप्रतिनिधहरुको आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रमुख अतिथिका रुपमा काभ्रेको धुलिखेल पुगेका एमाले अध्यक्ष केपी वलीले सत्तारुढ गठबन्धनलाई अलक्षिणको संज्ञा दिएका छन् । सम्बोधन गर्ने क्रममा सेटिङबाट सरकारमा पुगेका गठबन्धनलाई चर्को रुपमा आलोचना गरेका छन् । यत्ति मात्र नभएर चुच्चे नक्शालाई हटाएर नेपाली कांग्रेसको महाधिवेशनमा कस्को डरले बुच्चे नक्शा राखेको भनि प्रश्न समेत गरेका थिए । त्यस्तै प्रचण्डले पांचहजारको जिम्मा लिन्छु भनेको के ?, कृष्ण प्रसाद सापकोटाको जिम्मा लिने कि नलिने ? , गणेश लामा, बलाराम सापकोटा जस्ताको जिम्मेवारी लिने कि नलिने भन्दै प्रश्न गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्