26.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानको तीन प्रान्तमा अर्धआपतकाल को घोषणा

जापानको तीन प्रान्तमा अर्धआपतकाल को घोषणा

८ जेनवरी २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-जापान सरकारले स्थानीय सरकारहरूको अनुरोध र अवस्थालाई सम्मान गर्दै ओकिनावा र हिरोसिमा प्रान्तको सम्पूर्ण क्षेत्र र यामागुची प्रान्तको ईवाकुनी सहरको केही भागमा कोभिड संक्रमण फैलिनबाट रोक्न अर्धआपतकाल को घोषणा गरेका हुन।
सरकारले थप रूपमा खोप र परीक्षण प्याकेज प्रणालीको समिक्षा गर्ने बिचार गरिरहेको प्रधानमन्त्री किशिदा फुमिओले बताएका छन। जसले गर्दा आपतकाल घोषणा जारी भएता पनि खोपको अवस्थाका आधारमा व्यवहारिक प्रतिबन्धहरू खुकुलो बनाउने नीति बनाएका छन।यसो गर्दा स्थानीय सरकारको विवेकका आधारमा समेत प्रतिबन्धात्मक नियम लगाउन सकिने केन्द्र सरकारले बताएका छन।
ओकिनावा प्रान्तमा मात्र बिहीबार एकजना नयां कोरोना संङ्क्रमित थपिएसंगै प्राधानमन्त्री किशिदाले तीन प्रान्तमा कोरोना नियन्त्रण गर्न अर्धआपतकाल घोषणा गरेका हुन

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्