23.1 C
Kathmandu

ब्रेकिङ समाचारतामाङ पर्यटन संजालको बृहत् भेला सम्पन्न

तामाङ पर्यटन संजालको बृहत् भेला सम्पन्न

19 paush 2078,
काठमाडौं – पर्यटन क्षेत्रमा संलग्न तामाङहरुको सामुहिक संस्था तामाङ रिमठिम पर्यटन सञ्जालले संस्थाको बिधिवत दर्तापछिको पहिलो बृहत् भेला आज सम्पन्न गरेको छ ।

गोकर्ण हाउस रेस्टुरेन्ट ठमेलमा सम्पन्न भेलामा तामाङ समुदायका अग्रज पर्यटन व्यवसायी, पर्वतारोही र पथप्रदर्शकहरुको उल्लेख्य सहभागीता रहेको संस्थाका सचिव नरध्वज तामाङ (क्षितिज) ले बताउनुभयो । कीर्तिमानी पर्वतारोही शम्भु तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको सभापतित्त्व संस्थाका अध्यक्ष अम्बर बम्जनले, कार्यक्रम सञ्चालन महासचिव छेटुप तामाङ र स्वागत मन्तव्य बरिस्ठ उपाध्यक्ष सरिता लामाले गर्नुभएको थियो ।

पर्यटन क्षेत्रमा आबद्ध तामाङहरुबीच यो संस्थाबारे अद्यावधिक जानकारी दिने, सदस्यता बितरण गर्ने र संस्थालाई भविष्यमा कसरी अगाडी बढाउने भन्नेबारेमा मार्गचित्र तय गर्न, पेशागत ससक्तिकरणका लागि के के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न तथा महामारीबाट सिर्जित विषम परिस्थितिमा पर्यटन क्षेत्रमा टिकिरहन के – कस्तो सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा भेलामा छलफल भएको थियो ।

त्यसैगरी आज उपस्थितहरुमध्ये करिब ४५ जनालाई अध्यक्ष र अतिथिको हातबाट संस्थाको सदस्यताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्