19.1 C
Kathmandu

ब्रेकिङ समाचारसेनिटेयरी प्याड उत्पादन गर्दै नमोबुद्धका युवाहरु

सेनिटेयरी प्याड उत्पादन गर्दै नमोबुद्धका युवाहरु

१५ पौष २०७८,
काठमाडौ
। काभ्रेको नमोबुद्ध नगरपालिकाका युवाहरु सेनिटेयरी प्याड उत्पादनमा लागेका छन् । नगरपालिकाको वडा नं. ०३ भकुण्डेमा युवाहरूले सेनिटेयरी प्याड उत्पादन सुरु गरेका छन ।

ग्रामीण बिकास संस्था काभ्रेपलान्चोक मार्फत जर्मन राजदुतावासको २२ लाख र नगर युवा क्लब सन्जालका युवाहरुको १० लाखको साझेदारीमा अल्ट्रा क्लिन प्रा.लि. स्थापना गरि काम सुरु गरिएको हो । प्याड उत्पादन सुरुवात कार्यक्रममा नमोबुद्ध नगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल , ग्रामीण बिकास संस्थाका कार्यकारी निर्देशक डि एन तिमल्सिना कार्यक्रम अधिकृत सुलोचना सुवाल लेखा तथा प्रशासन, एबम् सामाजिक उत्तरदायित्वको यो अभियानमा नगरपालिकाको सदैब साथ र सहयोग रहने बताउदै ग्रामीण बिकास सस्था र जर्मन राजदुतावासलाई सहयोगको लागि धन्यवाद दिए ।

बालबालिका युवा र वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको ग्रामीण बिकास संस्थाका कार्यकारी निर्देशक डि एन तिमिल्सिनाले नमोबुद्धमा आफुहरुले बिगत ४ बर्ष काम गर्दैगर्दा नगरका युवाहरु संगठित हुनु सामाजिक काममा सक्रियता देखाउनु, नगरपालिकाले युवा परिषद गठन गर्नु र उद्धयमशिल बन्नखोज्नु महत्त्वपूर्ण उपलब्धि रहेको र आगामी दिनहरुमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

प्याड उत्पादन संगै महिनावारी स्वस्छताका अभियानहरु समुदाय र बिद्यालयहरुमा सन्चालन गरिने सन्चालक सन्जीप न्यौपानेले बताए । प्याडलाई बजारीकरण गर्न सुरक्षित नाम दिई बजारमा ल्याउन लागिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्