17.1 C
Kathmandu

अन्तर्राष्ट्रियडिसेम्बर २५ तारिखबाट उत्तरी जापानमा हिमपात,जनवरी ७ सम्म देशभर कठ्यांग्रिदो जाडो

डिसेम्बर २५ तारिखबाट उत्तरी जापानमा हिमपात,जनवरी ७ सम्म देशभर कठ्यांग्रिदो जाडो

२५ डिसेम्बर २०२१/कुङ्गा होईसेर तामाङ(दिपक)
जापान-जापान मौसम बिज्ञान एजेन्सीले उत्तरी जापानमा डिसेम्बर २४ तारिख रातबाट भारी हिमपात हुने बताएका छन।
मौसमबिद्हरूका अनुसार उत्तरी जापानको होक्काईदो र तोहोकु क्षेत्रमा डिसेम्बर २४ तारिख शुक्रबारबाट ३१ तारिखसम्म भारी हिमपात हुनेछ यी क्षेत्रमा डिसेम्बरको उत्तरार्ध ३१ तारिखसम्म तापक्रम सामान्यभन्दा कम हुनेछ र कठ्यांग्रिदो चिसो हुनेछ।२५ देखि २८ तारिखसम्म शीतलहरूका कारण जापानको समु्न्द्री किनारमा हिउंको मात्र बढ्ने सम्भावना छ
बर्षको सुरूमा जनवरी ७ तारिख देखि तापक्रम लगभग सामान्य रहने पूर्वानुमान गरिएको छ।
नयां वर्षसंगै जापानमा सामान्य भन्दा बढी चिसो हुने सम्भावना छ। बिशेषगरी डिसेम्बर २६ देखि २७ तारिखसम्म बर्षकै धेरै जाडो हुनेछ।
उत्तरी किन्की र सानिनमा सामान्यभन्दा बढी हिमपात हुने अनुमान गरिएको छ।मध्य र दक्षिणी किन्की,सान्यो,शिकोकु र दक्षिणी क्युसुमा जाडोका बिच दिनमा घाम लाग्नेछ।वर्षा सामान्यभन्दा कम हुने अपेक्षा गरिएको छ।
कडा न्युन चापिय असर मंगलबार २८ डिसेम्बरसम्म जारी रहने बताउंदै जापान मौसम विज्ञान एजेन्सीले यातयात क्षेत्र भारी हिमपातको प्रभावले गम्भिर प्रभावित हुनेमा सजग गराएको छ।हिमस्खलन,भारी हिमपात,तेजगतिको चिसो हावा बहने भएकाले सावधानी अपनाउन र स्वस्थ्य तथा यात्रामा सजगता अपनाउन मौसम एजेन्सीले सबैमा आव्हान गरेका छन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्