९ पौष २०७८,
काठमाडौ । ब्लड क्यान्सर पीडित रविन तामाङ बचाउ अभियान सहयोगार्थ वृहत् साँस्कृतिक कार्यक्रम २०७८ भक्तपुरमा हुने भएको छ । काभ्रेको तेमाल गाउंपालिका वडा नंं.९ निवासी बर्ष २१ को ब्लड क्यान्सर पीडित रविन तामाङ लाई नयां जीवन दिनका निमित्त सहयोगार्थ कार्यक्रम स्वरुप वृहत् साँस्कृतिक कार्यक्रम २०७८ आयोजना गरिएको हो ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/12/blood-cancer-1-1024x512.jpg)
कार्यक्रम यहि पौष २४ गते शनिबार भक्तपुरस्थित शुभकामना पार्टी प्यालेस सुर्यबिनायकमा हुने सञ्चारकर्मी एवम् सामाजिक अभियान्त सुदिन दोङ तामाङले जानकारी दिएको हो । कार्यक्रम छोर्वाला काई घेताङ र बज्रशक्ति एकता समाजको संयुक्त सहआयोजनामा हुने भएको तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष समेत रहेका अभियान्त सुदिन दोङले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको साथमा जिक्तेन क््यू को विषेश सांगितिक प्रस्तुतिहरु समेत रहने जनाइएको छ । औषधी उपचार गरेर निको हुने रोग शरिरमा बोकेर पैसाकै कारण कसैले ज्यान गुमाउनु नपरोस भन्ने सोचका साथ यस्ता खालका पीडितहरुलाई बचाउने अभियान सञ्चालन गर्दै आएका समेत अभियान्त दोङले बताए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/12/265499612_593689445025076_5998202091131907241_n-1-1-1024x677.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/12/265499612_593689445025076_5998202091131907241_n-1-1-1024x677.jpg)
यदि तपाई पनि पीडितलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क नं ९८४१५९०१८९ मा फोन गरि सहयोग गर्न सक्नुहुनेछ । बैंक खाता नंबरमा जम्मा गर्न चहानेहरुका लागि भने सिभिल बैंकमा प्रेम/सुदिन र हस्तको नाममा रहेको संयुक्त खाता नंं.०५३१०५८२३०३०१८ मा नगद जम्मा गर्न सकिनेछ ।
सेवा नै धर्म हो भन्दै अभियानमा संगलग्न टिमले नै सामाजिक सञ्जालमार्फत नगद सहयोग गर्न र कार्यक्रममा उपस्थित हुनका लागि समेत हार्दिक निमन्त्रणा गरेका छन् । पीडित रबिन तामाङ बिगत १ बर्ष देखी ब्लड क्यान्सर जस्तो प्राणघातक रोगसंग लडिरेको छ । हाल लालितपुरको पाटन हस्पिटलमा उपचारको क्रममा रहेको तामाङलाई उपचारको लागि ८० लाख नगद जम्मा गर्नु पर्ने भएको हुंदा अहिले पीडित आफै हस्पिटलको बेड बाटै सबैसामु आफ्नो नयां जीवनको लागि हात जोड्दै सहयोगको लागि अपिल गरिरहेको छ ।
डाक्टरको भनाई अनुसार बोन म्यारो ट्रान्स्प्लान्ट नै गर्नु परेको हुंदा नेपालमै उपचार असम्भव देखिएको र उपचारको लागि भारतमा जानु पर्ने कुरा व्यक्त गर्दै यो रोगलाई जीतेर अझै पनि जीन्दगीमा केही गर्ने मन छ भन्दै यसरी अपिल गर्दै छन् रबिन तामाङ । एक बर्ष सम्म आफ्नो उपचार गर्दा गर्दै घरको आर्थिक अवस्था समेत कमजोर भैसकेको बताउंदै देशविदेशमा रहेका नेपालीहरुको लागी सहयोग गर्न अपिल गरेका यो भिडियो हेर्नुहोस् ।