25.1 C
Kathmandu

अन्तर्राष्ट्रियअमेरिकामा कोरोना विरूद्वको चक्की प्रयोगका लागि स्वीकृत

अमेरिकामा कोरोना विरूद्वको चक्की प्रयोगका लागि स्वीकृत

२३ डिसेम्बर २०२१/कुङ्गा होईसेर तामाङ(दिपक)
जापान-कोरोना भाईरस संक्रमणको प्रभाब रोक्न बिश्वभर भ्याक्सिन अभियान संन्चालन भईरहदा कोभिड १९ बिरूद्ध स्वीकृति पाउने पहिलो “एन्टीभाईरल चक्की” जुन अमेरिकामा प्रयोगको लागि स्वीकृत गरेको छन।
चक्कीको प्रयोग १२ बर्षभन्दा माथिले मात्रै प्रयोग गर्ने गरी एफडीएले मन्जुरी दिएको हो।”हाई रिक्स”मा रहेको १२ वर्षभन्दा माथि उमेर समुहका,शरीरको तौल कम्तीमा ८८ पाउन्ड भएका र कोभिड १९ परीक्षण गरी उपचार गराउनुपर्ने व्यक्तिले यो चक्की प्रयोग गर्न सक्छन।यस्तो एन्टीभाईरल पिल प्रयोगका लागि चिकित्सकको स्वीकृति अनिवार्य गरिएको छ।
यो चक्की कोभिड १९ देखिएको र लक्षण देखिएको पांच दिनभित्र खानुपर्ने एफडीले जनाएको छ।’निरमट्रिलभिर’र ‘रिटोनाभिर’एन्टीभाईरलको सम्मीश्रण गरी कोभिड १९ बिरूद्दको ‘प्यास्कलोभिड’पिल निर्माण गरिएको हो।घरमा नै लिन सक्ने यो चक्की ५ दिनसम्म दिनको दुईवटा दरले खाने गरी ‘प्यास्कलोभिड’ले स्वीकृति पाएको हो।
गत हप्ता फाईजरले यो एन्टीभाईरल चक्कीको प्रयोगले संक्रमितलाई अस्पतालमा जोगाउन वा मृत्युबाट बचाउन ८९ प्रतिशत प्रभावकारी भएको देखिएको थियो।लक्षण देखिएको पाचदिन भित्र यो पिलको प्रयोग गर्दा पनि बिरामीमा उत्तिकै प्रभावकारी हुने देखिएको फाईजरको दाबी छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्