२३ डिसेम्बर २०२१/कुङ्गा होईसेर तामाङ(दिपक)
जापान-टिकटक हाल विश्वमै सबैभन्दा चर्चित वेब डोमेन बन्न सफल भएको छ।यो भन्दा अगाडी शिर्ष स्थानमा रहेको गुगललाई पछि पार्दै बिश्वमा सबैभन्दा धेरै हेरिने वेबसाईडको रूपमा टिकटक परेको छन।
५ बर्ष पुरानो एप टिकटकले गुगलको डोमन गोलियाथ गुगल सर्चलाई पछि पार्दै शीर्ष स्थानमा पर्न सफल भएको हो ।
यसको बारेमा क्लाउडफ्लेयरले रिपोर्ट तयार पारेको हो गत बर्षको क्लाउडफ्लेयरको रिपोर्ट अनुसार टिकटकले सातौं स्थान हासिल गरेको थियो।
गुगल,फेसबुक,माईक्रोसफ्ट,एप्पल,नेटफ्लिक्स र अमेजन पछि मात्रै टिकटकको स्थान रहेको थियो।टिकटक क्लाउडफ्लेयरको शीर्ष १० मा हुने एक मात्र गैर अमेरिकी कम्पनी रहेको छ।
क्लाउडफ्लेयरले यो रैकिगं ईन्टरनेट ट्राफिकमा रहेको एगिगेटेड डेटाको मार्फत निकाल्ने गर्दछ।टिकटकमा एक रिपोर्टको अनुसार १६७ मिलियन भिडियो हरेक मिनेट स्ट्रीम हुने गर्दछन यसले गर्दा वेब ट्राफिक एपमा एकदमै हुने गर्दछ।ईन्टरनेटको ९० प्रतिशत सर्चलाई ब्यवस्थापन गर्न गुगलमा हरेक मिनेट ५.७मिलियन सर्च हुने गर्दछन।चर्चित वेब डोमेनको सुचीमा शीर्ष १० मा भने ईन्स्टाग्रामको नाम भने रहेको छैन।