21.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा(एमाले)को संगठित सदस्यमा काभ्रे बाग्मती प्रदेशकै पहिलो जिल्ला, एमाले फुटको असर ??

नेकपा(एमाले)को संगठित सदस्यमा काभ्रे बाग्मती प्रदेशकै पहिलो जिल्ला, एमाले फुटको असर ??

२४ कार्तिक २०७८
काठमाडौ
। नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशनको तयारी संगै हाल देशै भरी रहेका नेकपा एमालेको संगठित सदस्यको संख्या सार्वजनिक गरिएको छ । एमाले बाग्मती प्रदेश कार्यालयका अनुसार हाल सार्वजनिक भएको सदस्य संख्यानुसार काभ्रे बाग्मती प्रदेशकै पहिलो र देशैभरीको तेस्रो धेरै संगठित सदस्य संख्या रहेको जानकारी आएको छ । यद्यपि अन्य जिल्लाहरुमा पनि सदस्य संख्या थप हुने क्रम जारी रहेको छ ।

एमाले बाग्मती प्रदेश कार्यालयका अनुसार काभ्रेमा हाल २२ हजार ५५ जना संगठित सदस्य रहेका छन् । जानकारीअनुसार १३ जिल्लामध्ये काभ्रेपलाञ्चोकमा सवैभन्दा बढी र रसुवामा सवैभन्दा कम संगठित सदस्य रहेका छन् । रसुवामा १८ सय ३६ जना संगठित सदस्य पुगेका छन्।

हाल सार्वजिनक भएको सदस्य संख्यानुसार एमालेका प्रभावशाली नेता पूर्वमन्त्री गोकुल बाँस्कोटाको जिल्ला काभ्रेमा फुटको असर नरहेको पुष्टि भएको छ।

संगठित सदस्य संख्याको आधारमा बाग्मति प्रदेशको बढि सदस्य संख्या रहेको दोस्रो जिल्लामा सिन्धुली जिल्ला रहेको छ भने हाल सार्वजनिक भएको १३ जिल्लाको संगठित सदस्य संख्या यस्तो रहेको छ ।
१) काठमाडौं– २०,१००
२) ललितपुर– ८६०५
३) भक्तपुर– ५२८९
४) मकवानपुर– ९२५८
५ं) चितवन– १५८११
६) धादिङ– १२२४९
७) रसुवा–१८३६
८) नुवाकोट–८९२६
९) काभ्रेपलाञ्चोक–२२०५५
१०) सिन्धुपाल्चोक– १५०२५
११) दोलखा– १२१५७
१२) रामेछाप– १२६६२
१३) सिन्धुली– २०२५७
जम्मा–१६४२३०

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्