29.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिका वडा नं.५ को टोल टोलमा नेकपा (एमालेको) को टोल कमिटि...

नमोबुद्ध नगरपालिका वडा नं.५ को टोल टोलमा नेकपा (एमालेको) को टोल कमिटि गठन अभियान

० कार्तिक २०७८
काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ५ को टोल टोलमा नेकपा (एमालेको) को टोल कमिटी गठन गर्ने अभियान सुरु गरिएको छ । यसै सिलसिलामा शुक्रवार नगरपालिकाको वडा नं ५ कमेरेको टोल भेला आयोजना गरी टोल समिति गठन गरिएको हो ।

भेलाले लाल बहादुर तामाङको अध्यक्षतामा २१ सदस्यिय टोल समितिको गठन गरेको छ । जसमा उपाध्यक्ष मानकुमार लामाा, सचिवमा बिनोद भण्डारी, उपसचिवमा किरण लामा, सदस्यहरुमा क्रमशः गोमा लामा, कृष्ण ब. श्रेष्ठ, मिन ब.तामाङ, योगलाल श्रेष्ठ, जस्मान तामाङ, पासाङ तामाङ, कल्पना श्रेष्ठ, बिपना तामाङ, संगिता तामाङ, रमेश भण्डारी, नविन श्रेष्ठ, पूर्ण ब.श्रेष्ठ लगायतका रहेका छन् ।

टोल भेला कार्यक्रम वडा कमिटि अध्यक्ष लाल काजी तामाङको अध्यक्षतामा सम्पन्न भएको हो भने भेलाको प्रमुख अतिथि नगर सचिव गणेश लामा रहेका थिए ।

टोलभेलालाई सम्बोधन गर्दै नगर सचिव गणेश लामाले पार्टी स्थानीय जनजिविकामा जोडिनुपर्ने बताए । पार्टीमा लाग्नु भनेको सामाजिक सेवामा लाग्नु भएको भन्दै समाज विकासमा जोडिन सवै कार्यकर्तालाई उनको आग्रह थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्