19.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा एमालेको अधिवेशनः सामाजिक सञ्जालमा चर्चाको बिषय

नमोबुद्धमा एमालेको अधिवेशनः सामाजिक सञ्जालमा चर्चाको बिषय

१२ कार्तिक २०७८/अर्जुन लामा

भक्तपुर । नेकपा (एमाले)को राष्ट्रिय अधिवेशनको तयारीको क्रममा देश भरकै स्थानीय तह अन्तर्गत सबै वडामा एकै साथ वडा अधिवेशन सम्पन्न गर्ने अभियान संगै वडा अधिवेशपश्चात हाल पालिका अधिवेशन हुने क्रममा छन् ।

अधिवेशनको क्रममा नमोबुद्धमा भने फरक गतिबिधि भएका थिए । लगातार दुई दिन लगाएर दोस्रो दिनको पनि मध्यरातमा नमोबुद्धमा नेकपा(एमाले)को अधिवेशन सम्पन्न भएको थियो । नगर अधिवेशन त सम्पन्न भए तर काभ्रेको १३ वटा पालिका मध्य नमोबुद्धको अधिवेशन भने सामाजिक सञ्जाल अनलाईन मिडियातिर निक्कै चर्चामा आएको देखिन्छ । चर्चामा आउनुका कारण नेतृत्व चयन चुनावी प्रकृयामा जानु हो ।

लोकतान्त्रिक पद्धतिमार्फत नेतृत्व चयन गरेको कारण मात्र नमोबुद्धको नगर अधिवेशन चर्चामा आएका भने अवश्य होइन । अध्यक्षको लागी ४ जनाको उम्मेद्धार परेको खबर सामाजिक सञ्जालमा आए पनि वास्तबमा अध्यक्षको लागी १० जनाको उम्मेद्धार परेको देखिन्छ । अध्यक्षमा उम्मेद्धार दिनेहरुमा नगरप्रमुख टि.पी शर्मा तिमिल्सिना, उद्धब हुमागाई, कृष्ण प्रसाद खनाल, अर्जुन खनाल, बुद्ध सिं लामा, राम शरण हुमागाई, सञ्जीव ढकाल, पुर्ण प्रसाद पाण्डे, जर्नादन अधिकारी र टिका गिरी रहेका थिए । जसमध्य टि.पी शर्मा तिमिल्सिना, बुद्ध सिं लामा, जनार्दन अधिकारी, अर्जुन खनाल, टिका गिरी र रामशरण हुमागाईले आफ्ना उम्मेद्धार फिर्ता लिएका थिए । यसरि १० जनाको उम्मेद्धार परेकोमा ४ जनाले निर्वाचन प्रकृयमा सहभागी जनाए भने अन्य ६ जनाले उम्मेद्धार नै फिर्ता लिएका थिए ।

त्यसै गरि उपाध्यक्षका लागि वडा नंं.५ का वडाध्यक्ष बुद्ध सिं तामाङ, वडा नंं.११ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ, नानीराम अधिकारी र निर्मला सापकोटा गरि ४ जनाले उम्मेद्धार दिएकोमा बुद्ध सिं तामाङ र नानीराम अधिकारीले आफ्ना उम्मेद्धार फिर्ता लिएका थिए । दोस्रो दिनको अबेर सम्म पनि सहमति जुटाउन नसकेपछि पहिलो पटक उम्मेद्धार फिर्ता लिनेमा बुद्ध सिं तामाङ रहेका थिए । क्षेत्रीय उपाध्य समेत रहेका बुद्ध सिं तामाङ, नगर प्रमुख तिमिल्सिना लगायत अन्य नेताहरुले आफ्न उम्मेद्धार फिर्ता लिएको बिषयमा नगरपालिका भित्र निक्कै चर्चापरिचर्चा हुन थालेका छन् । जिल्ला देखी केन्द्र सम्मको दबावमा उम्मेद्धार फिर्ता लिएको भन्ने केही नेताहरुको ठम्याई रहेका छन् भने नगर प्रमुख र वडाध्यक्ष बुद्ध सिं तामाङ लगायत अन्य उम्मेद्धार फिर्ता लिनेले सकभर सहमतिय प्रणाली मार्फत नृतृत्व चयन होस भन्ने हेतुले आफ्ना उम्मेद्धार फिर्ता लिएको बताएपनि माथिल्लो निकायबाट दवाब आएको भन्ने बिषयमा थप कुराकानी गर्न चाहेनन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्