19.1 C
Kathmandu

ब्रेकिङ समाचारपाँचखाल नगरप्रमुख खरेल र इजरायली राजदुत गोडर बीच भेटवार्ता, कृषिका बारेमा छलफल

पाँचखाल नगरप्रमुख खरेल र इजरायली राजदुत गोडर बीच भेटवार्ता, कृषिका बारेमा छलफल

7 kartik 2078
काभ्रे | काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र नेपालका लागि इजरायली राजदूत हनान गोडर बीच भेटवार्ता भएको छ ।

राजदूत गोडरले मेयर खरेललाई पाँचखाल स्थित नगरपालिकाकै कार्यालयमा पुगेर भेट भेट गरेका हुन। भेटमा कृषि क्षेत्रमा दुई पक्षीय साझेदारीका बिषयमा छलफल भएको मेयर खरेलले जानकारी दिए । ‘इजरायल र पाँचखाल नगर बीच कृषि क्षेत्रलाई आधुनिकिकरण र नयाँ प्रबिधी भित्र्याउने बिषयमा छलफल भयो । केहि समयमानै यसले मुर्त रुप लिनेछ । चाँडैनै नगर र इजरायली राजदुतावास बिचमा समझदारी हुदैँछ’ मेयर खरेलले भने ।

कुराकानीको क्रममा कृषकलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा छलफल समेत भएको थियो । साथै इजरायलले पाँचखालका किसानहरुलाई आधुनिक खेति प्रणली तथा प्ररम्परागत खेति भन्दा नगदेबालीका विषयमा तालिम समेत दिईने विषयमा कुराकानी भएको मेयर खरेलले जानकारी दिए ।

पाँचखाल नगरपालिकाले बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । पाँचखाल नगर कृषि शहर मुल मन्त्र बनाएर नगरपालिकाले काम गर्दै आईरहेको छ । पाँचखाल नगरपालिका ताजा तरकारी र अन्न उत्पादनका हिसाबले काभ्रे जिल्लाकै सबैभन्दा राम्रो क्षेत्र मानिन्छ । तर सिंचाई अभावमा सोचेजति किसानले आम्दानी लिन भने सकेका छैनन्।

कृषिमा इजरायली प्रविधि, ज्ञान र सीप विश्वमै उत्कृष्ट मानिन्छ । त्यहि प्रविधिलाई पाँचखाल जस्तो उर्वर भूमिमा प्रयोग गर्न सके अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय तरकारी र फलफूल उत्पादनमा सकिने मेयर खरेलको विश्वास छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्