24.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा(एमाले)नमोबुद्ध ५ कानपुरमा अगुवा कार्यकर्ता भेला तथा वडा अधिबेशन तयारी बैठक सम्पन्न

नेकपा(एमाले)नमोबुद्ध ५ कानपुरमा अगुवा कार्यकर्ता भेला तथा वडा अधिबेशन तयारी बैठक सम्पन्न

४ कार्तिक २०७८
काठमाडौ | काभ्रे नमोबुद्ध नगरपालिका वडा न.५ मा नेकपा(एमाले) को वडास्तरिय अगुवा कार्यकर्ता भेला तथा वडा अधिबेशनको तयारी बैठक सम्पन्न भएको छ ।


बिहिवार वडाकमिटिको उपाध्यक्ष राजन पौडेलको अध्यक्षता, वाग्मती प्रदेश कमिटी सदस्य कृष्ण चन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा काभ्रे जिल्ला कमिटी सदस्य राजन बुर्तेल विशेष अतिथिको रुपमा उपस्थित भएका थिए ।


कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा न.३ का वडाध्यक्ष राम शरण हुमागाई, वडा न.५ का वडाध्यक्ष बुद्ध सिंह तामाङ, काभ्रे जिल्ला लेखा कमिटी सदस्य गनेश लामा लगायतका अन्य स्थानिय नेता तथा कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति रहेका थिए ।


कार्यक्रममा कानपुरका पुर्व गाउँ कमिटी अध्यक्ष कान्छमान तामाङले स्वागत मन्तव्य राखेका थिए भने वडाध्यक्ष बुद्ध सिंह तामाङ, रामशरण हुमागाई, बिशेष अतिथी राजन पौडेल र प्रमुख अतिथी कृष्ण चन्द्र आचार्यले समसामयिक बिषयवस्तुमाथी महत्वपूर्ण मन्तव्य राखेका थिए ।
उक्त भेलाले विभिन्न महत्वपुर्ण निर्णयका साथै शनिवार वडा अधिबेशन के कसरी व्यबस्थापन गर्ने भन्ने लगायतका बिषयहरुमा छलफल गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्