30.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धको शक्तिपिठ रक्तकाली मन्दिरमा १०२ किलोको घण्टी झुन्ड्याईयो

नमोबुद्धको शक्तिपिठ रक्तकाली मन्दिरमा १०२ किलोको घण्टी झुन्ड्याईयो

२८ असोज २०८९/छेडुप तामाङ
काभ्रे । नमोबुद्ध नगरपालिका वडा नं ५ कानपुर स्थित कोटतिमालमा रहेको शक्तिपिठ रक्तकाली मन्दिरमा बिहिवार १०२ किलोको घण्टि झुन्ड्याईएको छ ।
वडावासी समाजसेवी तथा व्यबसायी श्याम प्रसाद पौडेलको व्यक्तिगत सहयोगमा नगरप्रमुख टिपी शर्मा तिमिल्सिनाको उपस्थितिमा उक्त घण्टी झुण्ड्याईएको हो ।
स्थानियहरुको उपस्थिती संगै घण्टी झुन्ड्याउने क्रममा नगरप्रमुख तिमिल्सिनाले रक्तकाली मन्दिरलाई नगरपालिका भित्रको पर्यटकिय स्थलहरु मध्य एक महत्वपुर्ण स्थलको रुपमा स्थापित गर्ने योजना रहेको र यस क्षेत्रलाई बिगतका बर्षहरुमा पनि सक्दो आफुले सहयोग गरेको र आगामी दिनहरुमा पनि सक्दो साथ र सहयोग रहने कुराको प्रतिबद्धता व्यक्त गरेका थिए ।
रक्तकाली मन्दिर परिसरबाट मौसम सफा रहेको बेलामा विभिन्न हिमसृङ्खलाहरुको अवलोकन गर्न सक्नुको साथै रोशी र कोशीको समेत एकै साथ मनोरम दृश्य अवलोकन गर्न सक्ने भएको हुंदा पछिल्ला समय आन्तरिक पर्यटक हरुको निक्कै नै आगमन भएको देख्न सक्छौं ।

अग्लो डांडामा रहेको रक्तकाली मन्दिर परिसरमा व्यबस्थित पिक्निक स्पोर्टको समेत व्यबस्था गरिएको हुंदा मौसमानुसार पिक्निकको लागि समेत उपत्यका भित्र र बाहिरबाट मानिसहरु यस ठाउंमा आउने गर्दछन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्