19.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध ५ कमेरेमा नेकपा एमालेको टोल भेला तथा शुभकामना आदन प्रदान कार्यक्रम...

नमोबुद्ध ५ कमेरेमा नेकपा एमालेको टोल भेला तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

२८ असोज २०७८/छेडुप तामाङ
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ५ कमेरेमा नेकपा एमालेको टोल भेला तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख टिपी शर्मा तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष बुद्ध सिं तामाङको विशेष अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता कानपुर काठमाडौ सम्पर्क मंचका अध्यक्ष कुमार तामाङले गरेका थिए भने कार्यक्रममा कमेरेका स्थानिय नेता कार्यकर्ताहरुको साथमा कमेरेवासी युवाहरुको उत्साहजनक उपस्थिती रहेका थिए ।

कार्यक्रममा स्थानिय युवा कार्यकर्ताहरु सङ्गै वडाध्यक्ष बुद्ध सिं तामाङ र नगर प्रमुख टिपी शर्मा तिमिल्सिना बिच दशैंको शुभकामना आदन प्रदान संगै पार्टीको बर्तमान अवस्था र आगामी रणनीतिहरुको बारेमा समेत अन्तर्कृया गरेका थिए ।

कमेरेवासी युवाहरुले कानपुरका तथाकथित केही नेता भनौदा व्यक्तिले नेकपा एमालेलाई अपांग बनाउने प्रयास गरेकोमा आक्रोश व्यक्त गर्दै त्यस्ता दुस्प्रयास गर्नेमाथी आम युवाहरु एक जुट भएर सामना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका बिचमा पार्टी र बिकासनिर्माणको नाममा नाफा नोक्सानको हिसाब राख्दै कमाउ धन्दामा लाग्ने जो कोहि प्रती युवाहरु अबका दिनहरुमा एक जुट भएर खबरदारी गर्ने कुरामा समेत वडाध्यक्ष र नगरप्रमुखलाई ढुक्क रहन कमेरेवासी युवाहरुले भनेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्