18.1 C
Kathmandu

ब्रेकिङ समाचारमिसन भण्डाफोरको शुभारम्भ आज बेलुका ८ः ३० बजे नेपाल टेलिभिजनमा

मिसन भण्डाफोरको शुभारम्भ आज बेलुका ८ः ३० बजे नेपाल टेलिभिजनमा

७ असोज २०७८

काठमाडौं । समाजमा रहेका बिकृति, बिसंगति, अन्याय, अत्याचार ,बेरुजु र भ्रष्टाचार को बिरुद्धमा खोज तथा सुचनामुलक कार्यक्रम मिसन भण्डाफोर को शुभारम्भ आज बेलुका ८ः३० बजे आम नेपाली टेलिभिजन मार्फत हुने भएको छ । शान्ति नेपाल र आम नेपाली टलिभिजन को संयुक्त प्रस्तुतिको रुपमा प्रशारणहुने कार्यक्रमको संपुर्ण तयारी पुरा भईसकेको कार्यक्रमका प्रमुख ब्यबस्थापक तथा शाान्ति नेपालका अध्यक्ष दिपेन्द्र ढकालले जानकारी दिनुभएको छ ।


बिशेषगरी वर्तमान सामाजिक अबस्थालाई कसरी अग्रगामी रुपान्तरण गर्न सकिन्छ भन्ने चिन्तनलाई साकार पार्न यो समाजको आवरणभित्र सजिएर लुकेका वास्तविक चरीत्र आम नागरिक सामु आजको आवस्यकता महसुस भएकोले यो कार्यक्रम शुरु गरीएको कार्यक्रमका संरक्षक तथा आम नेपाली टेलिभिजनका अध्यक्ष राजकुमार हुमागाईँ ले बताउनु भयो ।

यस कार्यक्रमको संयोजन सोसल मिडिया एण्ड लिगल सर्भिसका सन्चालक डि.बि. पराजुली र कार्यक्रम प्रस्तोताको रुपमा हेम बहादुर खड्का (राज) रहने र अन्य पात्रहरु को परीचय तत्कालै नखुलाउने निर्णय भएको अध्यक्ष ढकालले बताउनु भयो ।


कार्यक्रम शुभारम्भको क्रममा शुभकामना मनतब्य र केहि बिषय बस्तुको उठान गरीने तथा नियमित रुपमा समाजका हरेक घटनासंग जोडिएर अगाडि बढ्ने योजना तर्जुमा भएको ब्यबस्थापकीय पक्षको दावि छ ।

संचार माध्यमको मुख्य आर्थिक श्रोत भनेको विज्ञापन भएपनि देश र जनताको अहित हुने प्रयोजनको लागि दिईने विज्ञापन आफ्नोलागि स्विकार्य नहुने तर कानुन बमोजिम कार्य गरीरहेका ब्यापार , ब्यबसाय बाट आउने विज्ञापनलाई लिएर आन्तरीक उत्पादन र खपतलाई प्रमोशन गर्ने आफ्नो निति रहेको कार्यक्रम टिमले जनाएको छ ।

दशैंको मुखैमा आएर हुने दैनिक उपभोग्य बस्तुको मुल्यबृद्धी तथा अनियमितता , काठमाडों उपत्यका भित्रको फोहर ब्यबस्थापन कम्पनि हरुको लापर्वाहि , केवल नेटवर्क कम्पनि हरुको बेथितिको बिषयमा अध्ययन भई रहेकोले अबको कार्यक्रम त्यता केन्द्रित हुनसक्ने पनि जनाइएको छ ।
अन्य बिषयहरुमा पनि अध्ययन जारी रहेकोले आगामि कार्यक्रम अझ पेचिलो बन्ने कार्यक्रम निर्माताको दाबी छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्