29.1 C
Kathmandu

अन्तर्राष्ट्रियएनआरएनएको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएनएको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

२८ भाद्र २०७८

काठमाडौ । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो।

अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले विश्वव्यापी रुपमा संस्थापन पक्षले प्रतिनिधिहरु हेरफेर गरेको आरोप लगाउँदै आएको छ भने उनि निकटले धाँधलीलाई न्यायोचित रुपमा समाधान गरेर मात्र महाधिवेशन प्रकृया अगाडि बढाउन माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए।

परराष्ट्रको पछिल्लो निर्देशनसँगै संघको आगामी अक्टोबर २३, २४ र २५ मा हुने १० औं महाधिवेशन अन्यौल परेको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्