23.1 C
Kathmandu

खेलकुदमेसीले तोडे पेलेको कीर्तिमान

मेसीले तोडे पेलेको कीर्तिमान

२५ भाद्र २०७८

काठमाडौ । अर्जेन्टाइन कप्तान लिओनल मेसीले ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी क्षेत्रको खेलाडीको कीर्तिमान मेसीले ५० वर्षपछि तोडेका हुन् । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिनाले बोलिभियालाई ३–० ले पराजित गर्नुका साथै ह्याट्रिक गर्दै मेसीले पेलेको कीर्तिमान तोडे ।

फुटबलका महान खेलाडी पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए । उक्त कीर्तिमान सन् १९७१ देखि कायम थियो । त्यसको आधा शताब्दीपछि वर्तमान विश्व फुटबलका सुपर स्टार मेसीले पेलेको कीर्तिमान तोडे ।

मेसीले पेलेभन्दा २ गोल बढी गरिसकेका छन् । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्