23.1 C
Kathmandu

ब्रेकिङ समाचारअविरल बर्षातको कारण पहिरो जांदा कानपुर माविको निर्माणाधीन भवन जोखिममा

अविरल बर्षातको कारण पहिरो जांदा कानपुर माविको निर्माणाधीन भवन जोखिममा

१३ भाद्र २०७८

भकुण्डेबशी । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नंं ५ कानपुरमा निर्माणाधीन बिद्यालयको भवन शनिबार बेलुकीदेखीको निरन्तर बर्षातको कारण जोखिममा परेको छ । बन्दै गरेको बिद्यालयको संरचना मुनिबाट पहिरो जान थालेपछि उक्त भवन जोखिममा परेको हो ।

२०७२ सालको भुकम्पले बिद्यालयको भवन भत्किएपश्चात शैक्षिक क्षेत्र पुननिर्माणमा भारतीय अनुदानमा निर्माण हुंदै गरेको विद्यालयको भवन हाल जोखिममा परेको देखिन्छ । व्यक्तिगत रुपमा आफुखुशी सडक काट्ने क्रममा विद्यालय परिसरको पर्खाल भत्काईएपश्चात विद्यालयको अवस्था यस्तो भएको स्थानीयहरु बताउंछन् ।

विद्यलयको भवन मुनि बाट सडकमा पहिरो गएको अवस्था छ । उक्त बिद्यालएको एक शिक्षकले जानकारी दिएअनुसार बन्दै गरेको विद्यालयको पिलरको तल्लो भाग हात्तिपाईले नै पहिरोको कारण बाहिर देख्न थालिसकेको अवस्था छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्