28.1 C
Kathmandu

ब्रेकिङ समाचारठुलो पर्सेलमा वडा कार्यालय भवन उद्घाटन तथ विविध सांस्कृतिक कार्यक्रमको तयारी सम्पन्न

ठुलो पर्सेलमा वडा कार्यालय भवन उद्घाटन तथ विविध सांस्कृतिक कार्यक्रमको तयारी सम्पन्न

९ भाद्र २०७८
काभ्रे
। काभ्रेको तेमाल गाउँपालिका वडा नं ६ ठुलो पर्सेलमा नव निर्मित वडा भवन उद्घाटन, वडा प्रोफाईल बिमोचन, वडाको बृत्तचित्र सार्वजनिक संगै विविध संस्कृतिक कार्यक्रमको तयारी सम्पन्न भएको छ ।

तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङको प्रमुख आतित्थ्यतामा सम्पन्न हुन लागेको उक्त कार्यक्रममा तामाङ समुदायका चर्चित कलाकारहरुको साथमा स्थानिय कलाकारहरुको समेत वेजोड प्रस्तुती रहनेछ ।

एक वर्ष अगाडी नै निर्माण सम्पन्न भएको वडा भवन कोभिड १९ को कारणले संचालनमा आउन सकेको थिएन । वर्तमान समयमा कोभिडको त्रास रहेता पनि ठुलो पर्सेलको जनतालाई उक्त भवनबाट सेवा सुविधा दिनु पर्ने आवश्यक्ता देखिएको कारण भवन संचालनमा ल्याउनका लागि यो कार्यक्रम आयोजना गरेको वडा अध्यक्ष बिकुलाल तामाङले बताउनु भयो ।

कार्यक्रममा वडा भवन कार्यालयको उद्घाटनसँगै फुलबारी, घेराबर, खानेपानी र वडाको वस्तुगत विषय वस्तुलाई समेटेर तयार पारेको वडा भिडियो प्रोफाइलको पनि सार्वजनिक गर्ने अध्यक्ष तामाङले जानकारी दिनुभएको छ ।

भदौ ११ गते हुने उक्त कार्यक्रममा सम्पुर्ण वडावासीहरुलाई उपस्थितिका लागि समेत वडाध्यक्ष विकुलाल तामाङले हर्दिक अनुरोध गर्नुभएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्