इंग्लिश प्रिमियर लिग सनिवार देखि सुरुवात पहिलो खेलमा चेल्सिको जित

साउन ३१, २०७८


३१ साउन २०७८/अर्जुन लामा

काठमाडौं। सनिवार देखि प्राय सबै देशका लिग सुरु भएको छ । त्यस मध्यमा इंग्लिश प्रिमियर लिग पनि रहेको छ । हिजोको पहिलो खेल अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसलाई ३-० गोलले पराजित गरेको छ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको २७औं मिनेटमा मार्कोस अलन्जोले फ्रीकिक मार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए र खेलको ४१ औं मिनेटमा चेल्सीका फारवार्ड क्रिस्टियन पुलिसिचले गोल गर्दै पहिलो हाफ २-० मा नै सिमित भएका थिए।

गएको सिजनमा च्याम्पियन लिग हात पार्न सफल चेल्सिले प्रिमियरको पहिलो खेलमा नै उत्कृष्ट प्रधर्शन गरेका थिए । चेल्सीका लागि डेब्यू गरेका ट्रेभो चालोबाहले खेलको ५८औं मिनेटमा शानदार गोल गर्दै चेल्सीलाई शानदार विजयी शुरुवात दिलाउन सफल भएका थिए।