20.1 C
Kathmandu

ब्रेकिङ समाचारकानपुरमा रक्तकाली मन्दिरको चन्दा बाकस सहित एकै रातमा ५ पसलमा चोरी

कानपुरमा रक्तकाली मन्दिरको चन्दा बाकस सहित एकै रातमा ५ पसलमा चोरी

२० साउन २०७८/छेडुप तामाङ

काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ५ स्थित कानपुर कालापानी बजारमा रहेका विभिन्न ५ वटा पसलमा चोरी भएको छ । मंगलवार राती कानपुर बजारमा चिया पसल, किराना पसल लगायतका पसल गरी ५ वटा पसल फोडेर चोरी भएको कोट्तीमाल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) पनिलाल यादवले नमोबुद्ध न्युजललाई जानकारी दिएको छ ।

उनका अनुसार नमोबुद्ध नगरपालिका वडा नं ५ कानपुर थुम्कास्थित कालीका मन्दिर र मुखियाटोलमा रहेको कालीका मन्दिरको चन्दा बाकस समेत चोरले फोडेर संकलीत रकम समेत लगेको जनाएको छ । स्थानीय रामकृष्ण श्रेष्ठ, नित्ते सिं तामाङ, अम्मर राज श्रेष्ठ, विबेक श्रेष्ठ, शंकरनाथ श्रेष्ठको गरी ५ वटा पसल फोडेर चोरी भएको हो । प्रहरीका अनुसार मंगल बार राति करिब १/२ बजे तिर चोरी भएको हुन सक्ने अनुमान लगाएका छन् ।

चन्दा बाकस, होटल/चिया पसल तथा किराना पसल संगै केही थान गहना समेत गरि अन्दाजी ६ लाख ५० हजार भन्दा बढी चोरी भएको अनुमान गरिएको छ । स्थानीयका अनुसार कानपुर बजारमा पसल संगै मान्छे बस्ने गरेको कुनै पनि पसल चोरी नभएको र चोरी भएको ५ वटै पसलहरुमा राति मान्छे नबसेको हुंदा धेरै टाढाको चोर नभै संधै आवतजावत गरिरहेका हरुले नै चोरी गरेको हुन सक्ने अनुमान लगाएका छन् । होइन भने कु्न कुन पसलमा मान्छे बस्दैनन् भन्ने कुरा चोरले कसरी थाहा पाउलान त भन्ने भनाई स्थानीयको रहेको छ ।

यद्यपि घटनाको अनुसन्धान भैरहेको प्रहरी सहायक निरीक्षक (असई) पनिलाल यादवले बताएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्