17.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा अशक्तलाई घरघरमै सामाजिक सुरक्षा भत्ता

नमोबुद्धमा अशक्तलाई घरघरमै सामाजिक सुरक्षा भत्ता

१८ साउन २०७८

काठमाडौ ।नमोबुद्ध नगरपालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरबासीका लागि घरघरमै पुगेर भत्ता वितरण गर्न थालेको छ ।
गत आर्थिक बर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गर्न थालिएको हो । सोही क्रममा आज आइतबार वडा नं. २ का २० जनालाई लुम्बिनी विकास बैंकका कर्मचारीहरुसहितको टोली पुगेर भत्ता वितरण गरिएको छ ।

बैंकसम्म जान नसक्ने दीर्घरोगी तथा पूर्ण अपांगता भएका व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गर्न थालिएको नगरपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले जानकारी दिएका छन् । नमोबुद्ध नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा ३ हजार २ सय ९१ जना रहेका छन् । त्यसमध्ये मासिक ३ हजार रुपैयाँ भत्ता पाउने ७० बर्षमाथिका जेष्ठ नागरिक १ हजार ९ सय २ जना रहेका छन् भने २ हजार रुपैयाँ मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० बर्षमाथिका दलित जेष्ठ नागरिकको संख्या १ सय २१ रहेको छ ।

यस्तै २ हजार रुपैयाँ मासिक भत्ता पाउने जेष्ठ नागरिक एकल महिला ३ सय ९३ तथा २ हजार रुपैयाँ नै भत्ता पाउने विधवा ५ सय २ जना रहेका छन् । यसैगरी मासिक ३ हजार रुपैयाँ भत्ता पाउने पूर्ण अपांगको संख्या ७१, मासिक १६ सय रुपैयाँ पाउने आंशिक अपांगको संख्या ७५ तथा मासिक ४ सय रुपैयाँ भत्ता पाउने दलित बालबालिका ९जन्मेदेखि ५ बर्षसम्मका०को संख्या २ सय २७ रहेको छ ।

नमोबुद्ध नगरपालिकाले २०७५ सालदेखि नै अशक्त र दीर्घरोगीलाई घरघरमै बैंकका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता विरण गर्न थालेको हो । आइतबार २ नंवरबाट सुरु भएको भत्ता वितरण कार्यक्रम ११ वटै वडामा क्रमश सञ्चालन हुनेछ ।

नमोबुद्ध नगरपालिकाले जेष्ठ नागरिक, अपांग लगायतका लागि विगतदेखि नै विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । नगरपालिकाले विगतदेखि नै मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ भने यो बर्षदेखि जेष्ठ नागरिकका लागि मुस्कानसहितको सेवा अन्तर्गत दाँत राख्ने, कान नसुन्नेहरुका लागि सहयोगी उपकरण व्यवस्था गर्ने लगायतका योजना अघि सारेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्