24.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध न.पा.को पहलमा भकुण्डेबेशी बजारमा अलपत्र अवस्थामा रहेका एक व्यक्तिको उद्धार

नमोबुद्ध न.पा.को पहलमा भकुण्डेबेशी बजारमा अलपत्र अवस्थामा रहेका एक व्यक्तिको उद्धार


१५ साउन २०७८


काठमाडौ–नमोबुद्ध नगरपालिकाको भकुण्डेबेशी बजारमा अलपत्र अवस्थामा रहेका एक व्यक्तिको उद्धार गरिएको छ ।


नमोबुद्ध नगरपालिकाको पहलमा उद्धार गरिएका ती व्यक्तिलाई मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घरमा पठाइएको छ । नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मासहित नगरपालिका र मानव कल्याण समाजको टोली ती व्यक्तिको उद्धारका लागि पुगेको थियो ।
हिन्दी भाषामात्रै बोल्ने अन्दाजी ३५ बर्ष उमेरमा ती व्यक्ति झण्डै तीन सातादेखि भकुण्डे बजारमा अलपत्र अवस्थामा रहेका थिए । सडकमै बस्दै आएका उनको नाम ठेगाना खुल्न सकेको छैन ।

नमोबुद्ध नगरपालिकालाई सडक मानवमुक्त नगर बनाउने उद्देश्यले ती व्यक्तिको उद्धार गरिएको र उनको हेरचाह तथा स्वास्थ्य उपचार लगायतको व्यवस्थापन मानव कल्याण समाजमा हुने नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए । ‘घर परिवारबिहीन अवस्थामा रहका सडक मानवको उचित हेरचाह र सेवाका लागि नगरपालिकाले विगतदेखि नै पहलकदमी लिएको छ’ तिमल्सिनाले भने ।


नमोबुद्ध नगरपालिकाले सडकमा अलपत्र अवस्थामा बस्दै आएका व्यक्तिहरुको उद्धार, हेरचाहका लागि मानव कल्याण समाजसँग सम्झौता गरेर सडक मानवको उद्धार गर्दै आएको छ । पछिल्लो एक बर्षमा भकुण्डे क्षेत्रबाट सडक मानवको उद्धार गरिएको यो चौथोपटक हो । यसअघि नगरपालिकाको पहलमा तीन जनाको उद्धार भइसकेको छ । तीनैजना हाल मानव कल्याण समाजको सेवा घरमा आश्रित छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्