30.1 C
Kathmandu

ब्रेकिङ समाचारकक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि होम सेन्टरबाटै दिन पाउने

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि होम सेन्टरबाटै दिन पाउने

५ साउन २०७८

काठमाडौ । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।

मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने पन्तले जानकारी दिए ।

गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्