30.1 C
Kathmandu

ब्रेकिङ समाचारमेथिनकोट अस्पताललाई उज्वल स्मृति प्रतिष्ठानको सहयोग

मेथिनकोट अस्पताललाई उज्वल स्मृति प्रतिष्ठानको सहयोग

२८ असार २०७८


भकुण्डेबेशी– उज्वल स्मृति प्रतिष्ठान, नमोबुद्ध–२ ले भकुण्डेबेशीस्थित मेथिनकोट अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । 
प्रतिष्ठानले दुई थान अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री नमोबुद्ध नगरपालिकामार्फत सोमबार बिहान एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो । प्रतिष्ठानकी अध्यक्ष सावित्री तिमल्सिनाले नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी थिइन् । नगर प्रमुख तिमल्सिनाले प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलमार्फत मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनाललाई ती सामग्री हस्तान्तरण गरे ।
अस्पताललाई सहयोग गरिएका स्वास्थ्य सामग्रीहरु नमोबुद्ध घर भई हाल आयरल्याण्डमा बस्दै आएका क्षितिज तिमल्सिनाले उपलव्ध गराएका हुन् । कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोभिड–१९ को महामारीको समयमा अस्पतालका लागि अत्यावश्यक सामग्री सहयोग गरेकोमा प्रतिष्ठानप्रति आभार प्रकट गरे । उनले मेथिनकोट अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए । यस्तै मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनालले कोभिड १९ महामारी रोकथाम र नियन्त्रणमा लागिरहेको अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा प्रतिष्ठानको प्रशंसा गर्दै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा थप सहयोग र सहकार्यको अपेक्षा गरेको बताए ।
दुर्घटनामा निधन भएका उज्वल तिमल्सिनाको स्मृतिमा गठन गरिएको उज्वल स्मृति प्रतिष्ठानले विद्यार्थीका लागि छात्रवृत्ति प्रदान, स्वास्थ्य शिविर सञ्चालन लगायतका विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । प्रतिष्ठानले विशेषज्ञ चिकित्सकहरुको टोलीसहित मेथिनकोट अस्पतालमा गम्भीर प्रकारका रोगहरुको परिक्षण र उपचारका लागि शिविर सञ्चालनको योजना बनाएको प्रतिष्ठानका उपाध्यक्ष बद्रिप्रसाद तिमल्सिनाले जानकारी दिए । कार्यक्रममा गुर्जोका बिरुवा पनि वितरण गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका सचिव नारायणप्रसाद शर्मा, कोषाध्यक्ष चन्द्रमणि तिमल्सिनासहितका पदाधिकारीहरु, नमोबुद्ध ४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्ले, मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सागर जर्घामगर, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठ, समाजसेवी बासुदेव काफ्ले, जनकल्याण माविका प्रअ लक्ष्मी अधिकारीलगायतको उपस्थिति रहेको थियो ।



Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्