24.1 C
Kathmandu

खेलकुदजियानलुइजी गोल रक्षकले दुई पेनाल्टी बचाउ गर्दै युरो कप दिलाए इटालीलाई

जियानलुइजी गोल रक्षकले दुई पेनाल्टी बचाउ गर्दै युरो कप दिलाए इटालीलाई

२८ असार २०७८/अर्जुन लामा

भक्तपुर, गए राति लन्डनस्थित वेम्बली स्टेडियमा भएको फाइनलमा गोलकिपर जियानलुइजी डोनारुमा नायक बनेपछि १२० मिनेट सम्म १-१ को बराबरी सगै इंग्ल्यान्डलाई पेनाल्टी सुटआटमा ३–२ ले पराजित गर्दै इटाली युरो कपको च्याम्पियन बन्न सफल भएका छन् ।

डोनारुमाले जोर्डन सान्चो र बुकायो साकाको पोनाल्टी रोक्दै इटालीलाई ५३ वर्षपछि उपाधि दिलाए। यो उसको दोस्रो उपाधि हो। यसअघि उसले सन् १९६८ मा पहिलो उपाधि जितेको थियो।

निर्धारित समय र एक्स्ट्रा टाइमको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा इटालीका डोमेनिको बेरार्डी, लियोनार्दोे बोनुची र फेडेरिको बेरान्डेस्कीले गोल गर्दा आन्द्रे बेलोटी र जर्जिन्होको प्रहार इग्ल्यान्डका किपर जोर्डन प्लिकफर्डले रोकेका थिए।

यता, इग्ल्यान्डका कप्तान ह्यारी केन, ह्यारी मग्वायरले मात्र गोल गर्न सके। उसका सान्चो र साकाको प्रहार इटालीका किपर डोनारुमाले रोके भने मार्कस रास्फोर्डका प्रहार पोस्टमा लागेको थियो।

खेलको दुई मिनेटमै केभिन ट्रिपियरको क्रसमा लुक शले गोल गर्दै पहिलो हाफमा इग्ल्यान्डले १-० को अग्रता दिलाए पनि दोस्रो हाफमा भने इटालीले इग्ल्यान्डमाथि दबाब बनाएको थियो सगै खेलको ६७औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियोे ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्