24.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिका वडा नं ५ का कृषकलाई ८० प्रतिशत अनुदानमा बाख्रा वितरण

नमोबुद्ध नगरपालिका वडा नं ५ का कृषकलाई ८० प्रतिशत अनुदानमा बाख्रा वितरण

२७ असार २०७८/छेडुप तामाङ

काठमाडौ । किसानको आयआर्जनमा वृद्धि गर्ने उदेश्यले काभ्रेको नमोबुद्ध नगरपालिकाले कृषकहरुलाई बाख्रा वितरण कार्यक्रमको थालनी गरेको छ । यसै क्रममा आईतवार एक कार्यक्रमका बिच नमोबुद्ध नगरपालिका वडा नं ५ का किसानहरुलाई बाख्रा वितरण गरेको हो ।

वडाध्यक्ष बुद्ध सिं तामाङको अध्यक्षता, वडा नं ९ का वडाध्यक्ष एवम् कृषि शाखा समितिका संयोजक मेल बहादुर तामाङको प्रमुख आतिथ्यता को साथै नगरपालिकाका पशु शाखा चिकित्सक चिरञ्जीवी शर्माको विशेष आतिथ्यतामा वडाका किसानहरुलाई बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

वडाध्यक्ष बुद्ध सिं तामाङको अनुसार यस कार्यक्रममा एकल महिलालाई बढी प्राथमिकतमा राखेको छ ।

नगरपालिकाको पशु सेवा शाखा अन्तर्गत बाख्रा पकेट क्षेत्रमा लागत साझेदरी कार्यक्रम अनुसार ५ नं वडा कार्यलयले शनिवार ८० प्रतिशत अनुदानमा ८० वटा बाख्रा वितरण गरेको वडा सचिब रामचन्द्र श्रेष्ठले जानकारी दिएको हो ।

वडाध्यक्ष बुद्ध सिं तामाङले अनुदानमा दिइएको बाख्राबाट किसानको जिवनस्तर माथी उकास्न थोरै मात्र भए पनि टेवा पुग्ने बिस्वास व्यक्त गरेका थिए । अनुदानमा पाएको बाख्राको राम्रो स्याहारसुसार गरि बर्षेनि राम्रो आयाअर्जन गर्दै उदाहरणिय किसानको रुपमा चिनाउन समेत वडाध्यक्ष तामाङले किसानहरुलाई अनुरोध गरेका थिए ।

प्रमुख अतिथि मेल बहादुर तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै यसो भने, “कानपुर बाख्रापालनको लागी उपयुक्त ठाउँ रहेको छ तसर्थ तपाईहरुले निर्वहामुखी होइन निर्यातमुखी अर्थात व्यबसायिक बाख्रा पालन गर्न अग्रसर हुनु पर्दछ । आज वितरण गरेको सबै बाख्राको बिमा समेत गरिएको छ । नगरपालिकाले कुनै बेला उत्कृष्ट किसानको छनौट समेत गर्ने र उचित सम्मान गर्ने भएको हुंदा तपाईहरु नगरपालिकाभित्रका उत्कृष्ट किसानमा पर्नको निमित्त शुभकामना व्यक्त गर्दछु ।”

वडाले ८० प्रतिशत अनुदानमा बाख्रा उपहार दिएकोमा वडावसी किसानहरुले खुशी व्यक्त गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्