18.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धका सांस्कृतिक समुहलाई विभिन्न बाद्यसामग्री वितरण

नमोबुद्धका सांस्कृतिक समुहलाई विभिन्न बाद्यसामग्री वितरण

२१ असार २०७८/छेडुप तामाङ


काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ५ स्थित कानपुरका सांस्कृतिक समुहहरुलाई विभिन्न बाद्यसामग्री वितरण गरेका छ्न ।

सोमबार प्रमुख अतिथी नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडाध्यक्ष बुद्ध सिं तामाङ, वडा सचिव रामचन्द्र श्रेष्ठ लगायतका उपस्थितिमा वडाभित्र रहेका विभिन्न सांस्कृतिक समुहहरुलाई बाद्यवादनको सामग्रीहरु वितरण कार्यक्रम सम्मपन्न भएको हो ।

उक्त कार्यक्रमका बिच केही थान डम्फु, मादल लगायतका सामग्रीको साथै मारुनी नाचको लागि पोसाक समेत वितरण गरेका थिए ।

वडाध्यक्ष बुद्ध सिं तामाङका अनुसार प्रत्येक सामाजिक समूहको आफ्नो छुट्टै पहिचान र व्यक्तित्व हुन्छ । आफ्नै रहनसहन, खानपान, संस्कृति, भाषा, साहित्य र भौगोलिक क्षेत्रसमेत हुन्छ । मानिस आफ्नो संस्कृतिबाट भिन्न वा अलग भएर रहन सक्दैन । त्यस कारण भन्न सकिन्छ संस्कृति मानवीय सभ्यताको परिचय हो र मानिस बाँच्ने र बाँचिरहने आधारशिला पनि हो । तसर्थ यसलाई संरक्षण, सम्बर्द्धन प्रबर्द्धन गर्नु हामी सबैको दायित्व हो ।

प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सांस्कृतिक सद्भाव विकासका लागि विभिन्न जातजातिका व्यक्ति तथा समुदायलाई सबै संस्कृतिको महत्व तथा संस्कृति संरक्षणको आवश्यकताबारे सांस्कृतिक सचेतना बढाउनुपर्ने कुरामा जोड गरेका थिए । नगरभित्र रहेका सांस्कृतिक पक्षको जोगेर्ना गर्नु आजको आवस्यकता रहेको कुरा व्यक्त गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्