24.1 C
Kathmandu

अर्थतन्त्रसेयर बजार ४७ अंकले ओरालो, सबै समूह घट्दा लघुवित्त भने बढ्यो

सेयर बजार ४७ अंकले ओरालो, सबै समूह घट्दा लघुवित्त भने बढ्यो

१५ असार २०७८
काठमाडौ
। सेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४९ अंकले घटेको छ । मंगलबार बजारमा देखिएको तीव्र उताचढावपछि नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर २ हजार ८ सय २८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ८७ अंकले घटेको छ । कारोबार रकम ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ७५ हजार ८ सय ८० वटा कारोबारबाट २३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएका छन् ।जसबाट कारोबार रकम ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने लघुवित्त समूहबाहेक सबैको सवइन्डेक्स घटेर राताम्मे देखिएको छ ।

सबै समूह घट्दा पनि लघुवित्त समूह २६ दशमलव ४ अंकले बढेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्