17.1 C
Kathmandu

ब्रेकिङ समाचारपाँचखाल नगरपालिकाले नगरका कृषकहरुलाई आत्मनिर्भर बनाउन उन्नत जातका पाडी बितरण

पाँचखाल नगरपालिकाले नगरका कृषकहरुलाई आत्मनिर्भर बनाउन उन्नत जातका पाडी बितरण

१३ असार २०७८

काठमाडौ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले नगरका कृषकहरुलाई आत्मनिर्भर बनाउन उन्नत जातका पाडी बितरण गरेको छ ।

लागत साझेदारीमा मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम अन्तरगत नगरपालिकाले ५० प्रतिशत अनुदानमा पाँचखालनगरमा १ सय ५४ वटा पाडी बितरण गरिने नगरप्रमुख महेश खरेलले जानकारी दिए । व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरेको बताउँदै नगरप्रमुख खरेलले नगरभरिका किसानलाई आत्मनिर्भर बनाउने उदेश्य रहेको जानकारी दिए ।

बितरण गरिएको सबै पाडीको विमा समेत भइसकेको छ ।

नगरपालिकाले पहिलोचरणमा वडा नं ३ मा २५ वटा, वडा नं ५ मा ६० वटा, वडा नं ६ मा २५ तथा वडा नं १३ मा ४४ वटा पाडी बितरण गर्न लागेको छ ।

शनिवार एक कार्यक्रमका विच वडा नं ५ का कृषकहरुलाई ६० वटा पाडी बितरण गरिएको नगरका पशुविकास शाखा प्रमुख दत्तप्रसाद गौतमले जानकारी दिए । पाँचखाल वडा नं ५ को खावामा नगरप्रमुख महेश खरेलले कृषकहरुलाई पाडी वितरण गरेका थिए ।

कार्यक्रममा पाँचखाल वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्