30.1 C
Kathmandu

ब्रेकिङ समाचारपाँचखाल नगरपालिकाले ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैयाको...

पाँचखाल नगरपालिकाले ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैयाको बजेट सार्वजनिक

११ असार २०७८/छेडुप तामाङ

काठमाडौ । काभ्रेको पाँचखाल नगरपालिकाले नवौ नगरसभा बिहीवार सम्पन्न भएको छ । नगरपालिकाले नवौ नगरसभा बाट ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैयाको बजेट बजेट प्रस्तुत गरेको छ । “कृषि शहर पाँचखाल नगर”को नारा लिएको नगरपालिकाले आर्थिक बर्ष ०७८/७९ को लागि नगरप्रमुख महेश खरेलले पेश गरेका नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

सभामा नगरउपप्रमुख लक्ष्मी दनुवारले ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ को बजेट प्रस्तुत गरिन । विनियोजित बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकार शसर्त अनुदान २४ करोड ९७ लाख, प्रदेश सरकार शसर्त अनुदान २ करोड १४ लाख, प्रदेश सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार बिशेष अनुदान ५९ लाख, सामाजिक सुरक्षा १३ करोड, नेपाल सरकार राजश्व बाँडफाँड ८ करोड ४६ लाख गरी बाँडफाड नहुने रकम ४३ करोड ७० लाख रहेको छ ।


त्यसैगरी बाँडफाड गर्न योग्य ३१ करोड ९२ लाख ७८ हजार ५ सय ४३ रहेको छ । जसमध्य बजेटको स्रोत नेपाल सरकार राजश्व बाँडफाड ८ करोड ४६ लाख, नेपाल सरकार समानिकरण अनुदान १३ करोड २१ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड १३ लाख ४४ हजार, प्रदेश सरकार राजश्व बाँडफाड ३ करोड ७० लाख ८४ हजार ५ सय ४३, अल्या स्रोत १ लाख ५० हजार, आन्तरिक स्रोत ५ करोड र सडक बोर्ड ४० लाख समेत गरी ३१ करोड ९२ लाख ७८ हजार ५ सय ४३ बाँडफाँड योग्य बजेट विनियोजन गरीएको छ । त्यसैगरी विबिध स्रोतको अनुमान १३ करोड ९३ लाख ५० हजार रहेको छ ।


त्यसैगरी अनुमानित खर्च तर्फ प्रशासनिक १४ करोड ६ लाख २८ हजार ५४३ रुपैया, ०७७र०७८ को दायित्व ९टेण्डर० ४ करोड, ०७७०७८ को दायित्व ९उपभोक्ता समिति र अन्य० ३ करोड, बिपद व्यवस्थापन कोष १ करोड, नगर स्तरिय आकस्मिक योजना १ करोड, प्रदेश समपुरक योजना ३ करोड, संघिय—अन्य समपुरक योजना ५ करोड, कोरोना रोकथाम नियन्त्रण कार्य १ करोड, नगरस्तरिय योजनाको परियोजना अध्ययन प्रतिवेदन ३० लाख, ९वडा, नगर,बिषयगत० गौरवका योजना तथा कार्यक्रम ७ करोड गरी बिषयगत खर्च ६५ करोड रहेको छ ।
नीति तथा कार्यक्रम पास भएपनि बजेटबारे नगरसभामा विभिन्न चरणमा छलफल गरेर सौहार्द तरीकाबाट पास हुने नगरप्रमुख खरेलले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्