21.1 C
Kathmandu

ब्रेकिङ समाचारतामाङ सुपर स्टार डम्फु मिडियाका संचालक/नायक अमिर दोङ स्वास्थ्य सामाग्री लिएर दोलखा...

तामाङ सुपर स्टार डम्फु मिडियाका संचालक/नायक अमिर दोङ स्वास्थ्य सामाग्री लिएर दोलखा पुगे

२९ जेठ २०७८
काठमाडौ
। तामाङ समुदायमा महानायकको रुपमा सुपरिचित तामाङ सुपर स्टार डम्फु मिडियाका संचालक अमिर दोङ शुक्रबार स्वास्थ्य सामाग्री लिएर दोलखा पुगे ।


कोरोना भाइरसको दोस्रो लहरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी दोलखा जिल्लाको शैलुङ गाउँपालिका वडा न.१ दुधपोखरी कल्लबारीमा पुगि वडा कार्यलयलाई पि.पि.ई सेट,स्यानिटाइजर,माक्स लगायतमा स्वास्थ्य सामाग्री लगेर हस्तान्तरण गरेका हुन ।


उपत्यका लगायत नजिकका जिल्लाहरुमा स्वास्थ्य सामाग्री र रहात बितरण कार्यक्रहरु धेरै रहेको र सडक संजाल एवम् बर्षातको समयमा यातायत पुग्न कठिनाई रहेको उक्त ठाउँमा चाहेर पनि त्यहाँ सम्म पुग्नको गाह्रोले त्यस्ता ठाँउहरुमा स्वास्थ्य सामाग्री लगायत रहातका कार्यक्रम पुग्न नसकेकोमा अफुले जत्ती सकेको त्यत्ती सामन लगेर हस्तान्तरण गरेको नायक अमिर दोङले बताए ।


स्वास्थ्य सामाग्री लगेर नायक दोङ सङ्गै नमोबुद्ध न्युजका छेडुप तामाङ,ताम्सालिङ टि.भि.का प्रदिप थिङ, युवा सामाजिक अभियान्त प्रविण कुमार तामाङ समेत दोलखा पुगेका थिए ।


स्वास्थ्य सामाग्री हस्तान्तरण सङ्गै नायक अमिर दोङले आर्थिक अवस्था एकदमै कम्जोर रहेका ३ घर परिवारलाई खाद्यन्न सामाग्री समेर बितरण गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्