८ जेठ २०७८
काठमाडौ । ”कृषि व्यापार र पर्यटन : हाम्रो सशक्त अभियान” भन्ने मुल नाराका साथ काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.५ कानपुरका कृषकलाई कृषि यान्त्रिकरण (मिनिटेलर) बितरण गरेका छन् । । शुक्रबार बिषम परिस्थितिको बाबजुद पनि नगरपालिकाका प्रमुखप्रशासकीय अधिकृत राजन पौडेलको उपस्थितिमा नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरले साविकको सबै वडामा सबैखाले किसानलाई पर्ने गरि कृषि सामाग्री वितरण गरेका हुन् । खेतिपातीको मौसमलाई अन्दाज गरेर नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि कार्यक्रम अन्तर्गत ३२ ओटा ट्याक्टर बितरण गरेको हो ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/05/187114495_1736754379864584_635222348214390741_n-1-1-1024x576.jpg)
प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले कृषकहरुलाई कृषि औजार वितरण गर्ने क्रममा यो राज्यद्धारा अनुदान स्वरुप दिएको सामाग्री लक्षित वर्गका हातमा पर्नु पर्छ र पर्यो होला भन्ने बिश्वास पनि गरेको छु भन्दै यो राज्यको सम्पत्ति तपाईहरुले यसको सहि सदुपयोग गर्नुभयो भने आगामी दिनहरुमा पनि यस्तै खालका कृषि कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु गर्न सजिलो हुने समेत बताएका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/05/1-1.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/05/1-1.jpg)
कोरोनाको डरको बाबजुत पनि स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाएर किसानहरुलाई ट्याक्टर बितरण गरेको वडाध्यक्ष बुद्ध सिं तामाङले बताएका छन् । अहिले नगरपालिका भित्र निषेधाज्ञा जारिछ कृषकले पाउनु पर्ने चीज समयमा नै पाएन भने त्यसको कुनै अर्थ रहन्न, यो कृषि सामग्री समयमा उपलब्ध गराउन सकिएन भने भोलि कृषकलाई के जवाफ दिने रु त्यसैले यो संक्रमणकालिन अवस्थामा पनि कृषि सामग्री वितरण गरेका हौं वडाध्यक्ष तामाङ ले भने ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/05/3-1.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/05/3-1.jpg)
खेतीपातीकै समयमा कृषि औजार पाएकोमा कृषकहरुले खुशि व्यक्त गर्दै आगामी बर्षहरुमा पनि यसै गरी अन्य कृषि सामाग्रीहरु लगायत बिउ बिजनहरुको समेत वितरण गर्दै कृषकरुलाई प्रत्यक्ष आयआर्जनमा सघाउन समेत वडाअध्यक्षलाई अनुरोध गरेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/05/2-1.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2021/05/2-1.jpg)