24.1 C
Kathmandu

ब्रेकिङ समाचारसंक्रमित बढ्दै गएपछि चौंरीदेउरालीका अध्यक्ष गौतमले गरे यस्तो अपिल

संक्रमित बढ्दै गएपछि चौंरीदेउरालीका अध्यक्ष गौतमले गरे यस्तो अपिल

३१ बैशाख २०७८
काठमाडौं
। काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले आफ्नो गाउँपालिकामा पनि कोभिड–१९ संक्रमण बढ्दै गएपछि विशेष अपिल जारी गरेका छन् । गाउँबासीको नाममा आज (विहिबार) एक अपिल जारी गर्दै गाउँपालिकाले जारी गरेको निषेधाज्ञा पूर्णरुपमा पालना गर्न अनुरोध गरेका छन् ।

‘एकातिर हाम्रो प्रत्येक टोलमा कोरोना संक्रमितहरू रहेको कुरा पुष्टि हुँदै गएको छ भने अर्को तर्फ संक्रमित बिरामीको उपचारको अवस्था देशभरी नै भयाबह छ ।’ अपिलमा अध्यक्ष गौतमले भनेका छन्, ‘कुनै अस्पतालमा सजिलै छिर्नसम्म पाउने अवस्था छैन र अकालमा बिरामीको मृत्यु भईरहेका छन् । तसर्थ, यस विषम परिस्थितिमा जोगिन तपाईहरू समक्ष विनम्र निवेदन गर्न चहान्छु ।’
गौतमले जारी गरेको अपिलमा भनिएको छः
१. गाउँपालिकाले जारी गरेको निषेधाज्ञा पूर्ण रूपमा पालना गरौं ।
२. गाउँपालिकाका प्रत्येक व्यक्तिलाई कोरोनासंक्रमित झैं शंकाको दृष्टिले हेरी दुई जना भन्दा बढी भीडभाड गर्दै नगरौं ।
३. भिडभाड हुने खालका सामाजिक कार्यहरु जस्तै विवाह, ब्रतबन्ध, पूजा, घेवा, भोज भतेर सबै स्थगीत गरौ, अत्याबश्यक भए घरका बढीमा १० जना मात्र जम्मा हुने गरि सुरक्षित तरिकाले गरौं । समवेदना, आशिर्वाद आदी फोनबाट दिऊँ ।
४. कोरोना शंक्रमण पुष्टि भएका र शंका गरिएका प्रत्येक व्यक्ति घरमा चिकित्सकको सल्लाह अनुसार आईशोलेसनमा बसौं ।
५. बिरामीको अवस्था गम्भीर हुँदै गएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।
६. टोल टोलमा स्वयंसेवक दस्ता निर्माण गरी गाउँपालिका र सुरक्षा संयन्त्रलाई जानकारी गराई सुरक्षित रुपमा परिचालित हुनुहोस् ।
अत्यावश्यक सेवा र सहयोगका लागि आफ्ना वडा अध्यक्ष र
गाउँपालिकामा ः९८५१०६४५४५, ९८५१२४३०७१, ९८५१२४३०८१, ९८५१२४३०९१
सुरक्षाकर्मीः कात्तिके देउराली– ९८५१२८५६२७
ढाँडखर्क –९८६३१९४३१४

आदरणीय चौंरीदेउराली गाऊँपालिकाबासी आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरू,
एकातिर हाम्रो प्रत्येक टोलमा कोरोना संक्रमितहरू रहेको कुरा पुष्टि हुँदै गएको छ भने अर्को तर्फ संक्रमित बिरामीको उपचारको अवस्था देश भरी नै भयाबह छ । कुनै अस्पतालमा सजिलै छिर्नसम्म पाउने अवस्था छैन र अकालमा बिरामी मृत्यु भईरहेका छन् । तसर्थ, यस विषम परिस्थितिमा जोगिन तपाईहरू समक्ष विनम्र निवेदन गर्न चहान्छु कि,
१. गाउँपालिकाले जारी गरेको निषेधाज्ञा पूर्ण रूपमा पालना गरौं ।
२. गाउँपालिकाका प्रत्येक व्यक्तिलाई कोरोनासंक्रमित झैं शंकाको दृष्टिले हेरी दुई जना भन्दा बढी भीडभाड गर्दै नगरौं ।
३. भिडभाड हुने खालका सामाजिक कार्यहरु जस्तै विवाह, ब्रतबन्ध, पूजा, घेवा, भोज भतेर सबै स्थगीत गरौ, अत्याबश्यक भए घरका बढीमा १० जना मात्र जम्मा हुने गरि सुरक्षित तरिकाले गरौं । समवेदना, आशिर्वाद आदी फोनबाट दिऊँ ।
४. कोरोना शंक्रमण पुष्टि भएका र शंका गरिएका प्रत्येक व्यक्ति घरमा चिकित्सकको सल्लाह अनुसार आईशोलेसनमा बसौं ।
५. बिरामीको अवस्था गम्भीर हुँदै गएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।
६. टोल टोलमा स्वयंसेवक दस्ता निर्माण गरी गाउँपालिका र सुरक्षा संयन्त्रलाई जानकारी गराई सुरक्षित रुपमा परिचालित हुनुहोस् ।
अत्यावश्यक सेवा र सहयोगका लागि आफ्ना वडा अध्यक्ष र
गाउँपालिकामा ः९८५१०६४५४५, ९८५१२४३०७१, ९८५१२४३०८१, ९८५१२४३०९१
सुरक्षाकर्मीः
कात्तिके देउराली– ९८५१२८५६२७
ढाँडखर्क –९८६३१९४३१४

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्