19.1 C
Kathmandu

ब्रेकिङ समाचारबागमतीमा कोरोनाका कारण एकैदिन ३४ जनाको मृत्यु

बागमतीमा कोरोनाका कारण एकैदिन ३४ जनाको मृत्यु

२९ बैशाख २०७८
काठमाडौं
। कोरोना संक्रमणका कारण एकैदिनमा बागमती प्रदेशका ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसमेत छन् ।

प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । मृत्यु हुनेमा सबै भन्दाबढी काठमाडौंका ११ जना महिला र ७ जना पूरुष गरी कुल १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार ललितपुरका ४ जना, भक्तपुरका ३ जना, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः २/२ जनाको मृत्यु भएको छ । त्यस्तै रसुवा, रामेछाप र सिन्धुपाल्चोकका १/१ जनाको मृत्यु भएको छ । योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६५३ जना पुगेको छ ।

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ४ हजार ६५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ५३ हजार ३७५ जना छन् । संक्रमितमध्ये संस्थागत आइसोलेसनमा २ हजार ४८१ जना, विभिन्न अस्पतालले संचालन गरेको एचडियूमा ३७८ जना, आइसीयूमा ६९८ जना, भेन्टिलेटरमा २२० जना उपचाररत रहेका छन् ।

त्यस्तै ४९ हजार ५९८ जना संक्रमितहरु होम आइसोलेशन बस्दै आएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्