23.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रतिनिधिसभाका ४ सांसदमा कोरोना संक्रमण पुष्टि

प्रतिनिधिसभाका ४ सांसदमा कोरोना संक्रमण पुष्टि

२३ बैशाख २०७८

काठमाडौ । प्रतिनिधिसभाका ४ सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा सांसदहरु लक्ष्मणलाल कर्ण, पार्वती डीसी चौधरी, नरमाया ढकाल र रामबाबु यादवको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालय श्रोतले जनाएको छ ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि बुधबार सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो ।

यस्तै, संसद सचिवालयका २ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको बताइएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्