19.1 C
Kathmandu

ब्रेकिङ समाचारवीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ ठाउँमा कोभिड अस्पताल सञ्चालन

वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ ठाउँमा कोभिड अस्पताल सञ्चालन

२३ बैशाख २०७८
काठमाडौ
। सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार्ययोजनामा वीर अस्पतालको नयाँ भवन, त्यस्तै, भक्तपुरको खरिपाटी, काठमाडौंको दहचोक र इचंगु नारायणमा पनि आईसीयू सेवा सहितको कोभिड अस्पताल वैशाख २५ भित्र सञ्चालनमा ल्याउने कार्ययोजना छ । वीर अस्पतालको नयाँ भवनमा कोरोना संक्रमितलाई कम्तीमा ५०० शय्या सहितको सेवा दिने तयारी छ ।

केन्द्रीय राजधानी काठमाडौंमै कोरोना बिरामीको लागि शय्या अभाव भएपछि सरकारले विभिन्न विकल्पको खोजी गर्दै आएको छ । यसै अन्तर्गत् सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने तयारी गरेको छ । सो सम्बन्धमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीरअस्पतालका प्रतिनिधिसँग केही दिन अघि छलफल गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्