24.1 C
Kathmandu

ब्रेकिङ समाचारकोरोना संक्रमितले झुण्डिएर आत्महत्या गरे

कोरोना संक्रमितले झुण्डिएर आत्महत्या गरे

२३ बैशाख २०७८
काठमाडौ
। चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारी अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । झाडापखलासमेत लागेको संक्रमितलाई आइसोलेनसमा राखिएको थियो छ ।

घटनाबारे जानकारी पाएपछि अहिले माडी नगरपालिकाका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रतिनिधिसहित शवको पोष्टमार्टम एवम् व्यवस्थापनबारे छलफल भैरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्