23.1 C
Kathmandu

ब्रेकिङ समाचारकोरोना संक्रमित सिकिस्त भए यी नम्बरमा फोन गर्नुस् (महत्वपूर्ण नम्बर सहित)

कोरोना संक्रमित सिकिस्त भए यी नम्बरमा फोन गर्नुस् (महत्वपूर्ण नम्बर सहित)

१५ बैशाख २०७८
काठमाडौ
। कोरोना संक्रमित सिकिस्त बिरामी हंदा मानीहरु कुन हस्पिटलमा लगेर उपचार गर्ने, बेड, आई.सि.यु खाली छन् कि छैनन् भनि चिन्तित हुने गर्दछन् । भेन्टिलेटर भएको ठाउँ कहाँ खाली छ भन्ने कुराको जानकारी नहुँदा संक्रमित र उनीहरूका परिवार हतास हुनु स्वभाविक हो।

स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमितलाई कुनै पनि सहयोग चाहियो भने आफूलाई फोन गर्न भनेको छ। स्वास्थ्य मन्त्रालयले आफ्नो सूचना शाखाका २ हटलाइन नम्बर ११३३, १११५ वा मोबाइल नम्बर ९८५१२५५८३९ मा फोन गर्न भनेको छ। फोन गर्न आफूलाई चाहिएको जुनसुकै बेला पनि गर्न सकिन्छ।

केही गर्नुपर्दैन। तपाईंले उल्लेखित नम्बरमा फोन गर्नुहोस्। जतिबेला गरे पनि हुन्छ। त्यसमा फोन गरेर आफ्नो समस्या भन्नुस्,ु स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले भने। यो सुविधा काठमाडौं उपत्याकामा मात्रै हो। तर आफू वा आफन्तलाई गाह्रो हुनेबित्तिकै आफैंले आइसियू वा भेन्टिलेटर खोज्न नहुने अधिकारीले बताए।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्