17.1 C
Kathmandu

ब्रेकिङ समाचारओली र नेपाबीच भेटवार्ता, पलायो कार्यकर्तामा आशा

ओली र नेपाबीच भेटवार्ता, पलायो कार्यकर्तामा आशा

९ बैशाख २०७८
काठमाडौँ
। बिगत लामो समय देखी शुन्य संवाद रहेको नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा धानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बुधबार भेटवार्ता भएको छ । ओली र नेपालबीच बुधबार भएको भेट वार्ता कालो बादलमा चाँदीको घेरा भेटिएझैं भएको पूर्वमन्त्री गोकर्ण विष्टले सामाजनिक सञ्जाल फेसबुक मार्फत टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको भेटपश्चात पार्टी कार्यकर्तामा आशा पलाएको विष्टको भनाइ छ ।

जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्‍नले समस्याको समाधान सम्भव रहेको कुरा बताउंदै पार्टीको एकतालाई जोगाउन संकल्प गर्न समेत विष्ट गरेले अपिल गरेका छन् ।

हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबिच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ ,बिष्टले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

विलियम शेक्सपियरले भनेजस्तै “जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ ।” जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान संभव छ । हेक्का राखौँ, समय र समुद्रको छालले कसैलाई पर्खँदैन ।

आज नेपाल कम्युनिस्ट पार्टीको ७२औँं स्थापना दिवस । हजारौँ योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गरौँ । आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गरौँ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्