20.1 C
Kathmandu

ब्रेकिङ समाचारअन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नमोबुद्ध नगरलाई एम्बुलेन्स हस्तान्तरण

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नमोबुद्ध नगरलाई एम्बुलेन्स हस्तान्तरण

२४ फागुन २०७७
काठमाडौ
। नमोबुद्ध नगरपालिकाका लागि सुविधासम्पन्न एम्बुलेन्स प्राप्त भएको छ । बेन चोङ एण्ड फ्रेण्डस म्याजिकल लाइट र किमोलुङ फाउण्डेशन नेपालले सहयोगस्वरुप उपलव्ध गराएको एम्बुलेन्स सोमबार नगरपालिकालाई हस्तान्तरण गरिएको छ । किमोलुङ फाउण्डेशनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले नमोबुद्ध नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए । उक्त एम्बुलेन्स १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

उक्त एम्बुलेन्स नमोबुद्ध नगरपालिकाले फेन्दे फाउण्डेशन नेपाल अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नं। १ मा सञ्चालित ठ्राङ्गु फेन्दे क्लिनिकलाई प्रदान गर्नेछ । क्लिनिकले नमोबुद्ध नगरपालिकाका दाप्चा भेगका सर्वसाधारणका लागि लक्षित गर्दै एम्बुलेन्स सञ्चालन गर्नेछ ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरबासीको स्वास्थ्य सेवामा किमोलुङ फाउण्डेशनसहितका दातृ संस्था तथा वाङचुक राप्तेन लामालाई सम्मान गरेका थिए । तिमल्सिनाले विगतदेखि नै नगरबासीको स्वास्थ्य सेवामा वाङचुक राप्तेन लामा, फेन्दे क्लिनक लगायतले पु¥याएको योगदान अविश्मरणीय रहेको र आगामी दिनमा पनि सहयोग जारी रहने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा किमोलुङ फाउण्डेशनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले आफू केही समय नमोबुद्ध नगरपालिकाको स्वास्थ्य सेवामा सक्रिय रहेको र नगरबासी महिलाहरुको स्वास्थ्य समस्यालाई नजिकैबाट नियालेका कारण उनीहरुको सेवाका लागि एम्बुलेन्स सहयोग गरेको बताए । कोभिड महामारीको समयमा राहत वितरण लगायतका कार्यमा समेत सहयोग गरेको जानकारी दिँदै उनले आगामी दिनमा पनि नमोबुद्ध नगरबासीका लागि आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा फेन्दे फाउण्डेशनका केम्पो चोङजीले एम्बुलेन्स सहयोग उपलव्ध गराएकोमा सहयोगी दाताहरुप्रति आभार प्रकट गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्